बैंकिङ कसुरमा १२ करोड जरिवाना र तीन वर्षको जेल सजाय सुनाइएकी महिला पक्राउ



काठमाडौं । बैंकिङ कसुरमा अदालतले झन्डै १२ करोड रुपैयाँ जरिवाना र तीन वर्ष जेल सजायको फैसला भई फरार भएकी एक अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा काभ्रेपलाञ्चोक बनेपा ४ श्रीखण्डपुरकी ५६ वर्षीया जयन्ती केसी छिन् । जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार केसीलाई बिहीबार दिउँसो बनेपाबाट पक्राउ गरिएको हो ।

काभ्रेका प्रहरी उपरीक्षक रवि पौडेलका अनुसार केसीलाई घरबाहिर लुकिछिपी बसिरहेको अवस्थामा पक्राउ गरिएको हो । केसीलाई उच्च अदालत पाटनले बैंकिङ कसुरमा २०७१ साल वैशाख २९ गते ११ करोड ८२ लाख ९२ हजार ११६ रुपैयाँ जरिवाना हुने फैसला गरेको थियो । फैसलायता उनी फरार थिइन् ।

फरार अभियुक्तको खोजीको सिलसिलामा केसीलाई विशेष सूचनाका आधारमा पक्राउ गरिएको प्रहरी उपरीक्षक पौडेलले बताए । केसीलाई जरिवानासँगै तीन वर्ष कैद हुने फैसला अदालतले गरेको थियो ।

पौडेलका अनुसार केसीलाई इलाका प्रहरी कार्यालय बनेपाबाट खटिएको टोलीले पक्राउ गरेको हो । उनलाई बिहीबार नै फैसला कार्यान्वयनको लागि अदालत पेश गरिएकोमा काभ्रे जिल्ला अदालत धुलिखेलले कैद र जरिवाना भुक्तानको लागि कारागार पठाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
अन्नपूर्ण आधार शिविरमा म्याग्दीका जनप्रतिनिधि र सुरक्षा अधिकारीको समन्वय बैठक

म्याग्दी । समुद्री सतहदेखि चार हजार एक सय मिटर उचाइमा अवस्थित अन्नपूर्ण प्रथम

पाहुनालाई कोसेली ताराखोलाको भुटेको मकै

बागलुङ । लेकाली चोयाले बुनेको चिटिक्कको डाली। डालीभरि भुटेको सिरिम्ले मकै। मकै पनि

त्रिशूलीसहित ५ नदीलाई प्लास्टिकजन्य फोहर मुक्त बनाइने

मुग्लिन, (चितवन) । नेपालका त्रिशुलीसहित ५ वटा नदीलाई प्लास्टिकजन्य फोहरबाट मुक्त बनाइने भएको

अन्नपूर्ण हिमाल र पञ्चकुण्ड ताल(फोटोफिचर)

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ मा रहेको नारच्याङ पञ्चकुण्ड ताल र आठ हजार ९१ मिटर