‘करुणा र सत्य’ विषयमा प्रवचन कार्यक्रम आयोजना



काठमाडौं । करुणा शब्दले मानिसको हृदयको गहिराइमा स्पर्श गर्दै माया, प्रेम, सहिष्णुता, दया आदि सद्गुणको उच्चकोटिको अभिव्यक्ति दिलाउँदछ । भगवान बुद्धका उपदेशहरु मध्ये करुणा भावले शायद उच्चतम् महत्व राख्दो हो । हो यही विषयमा सोमबार त्रिचन्द्र कलेजको दर्शनशास्त्र विभागले प्रवचन कार्यक्रम आयोजना गरेको छ ।

केही हप्तादेखि निरन्तर रुपमा प्रत्येक हप्ता फरक फरक विषयमा प्रवचन कार्यक्रम गर्दै आएको त्रिचन्द्र बहुमुखी क्याम्पसको मनोविज्ञान तथा दर्शनशास्त्र विभागले सोमबार भने करुणा र सत्य विषयमा प्रवचन कार्यक्रम आयोजना गरेको छ । कार्यक्रममा लेखक एवं दार्शनिक डानियल जे म्याक्लाघलिन प्रमुख वक्ताका रुपमा सहभागी थिए ।

कार्यक्रममा उनले करुणा र सत्यका विभिन्न आयामकाबारेमा धारणा प्रस्तुत गरेका थिए । कार्यक्रममा काठमाडौं, त्रिभुवन, पोखरा लगायत देश तथा विदेशका विभिन्न विश्वविद्यालयका प्राध्यापकहरू समेत ६० जनाको सहभागिता रहेको थियो । कार्यक्रमको संचालन दर्शनशास्त्रका प्राध्यापक डा. गोविन्दशरण उपाध्यायले गरेका थिए ।

उपाध्यायले अहिलेको जटील समयमा मानिसहरुमा विभिन्न समस्याहरु हुने र यस्ता खालका कार्यक्रहरुबाट समस्यालाई सहज बनाउँदै जीवनप्रतिको महत्व बुझाउनको लागि पनि यस्ता कार्यक्रमको आवश्यक रहेको बताए ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
अछाममा चट्याङ लागेर ६ वर्षीय बालकको मृत्युु, डडेल्धुरामा तीन घाइते

अछाम । चट्याङ लागेर रामारोशन गाउँपालिका–७ मेलकाटिया निवासी कमल भण्डारीका ६ वर्षीय छोरा

१० लाख रुपैयाँमा सुरु गरेको बेकरीबाट मासिक २ लाख आम्दानी गर्दै धरानका दुई युवा

धरान ।  ‘देशमा रोजगारीको अभाव र लगानीको वातावरण छैन’ भन्नेहरूका लागि धरानका दुई

सगरमाथामा क्षेत्रमा जलवायु परिवर्तनका अस्वाभाविक असर देखिँदै, खुम्बु हिमनदी छोटिँदै

  सोलुखुम्बु । विश्वव्यापी तापक्रमको उच्च वृद्धिसँगै सगरमाथासहितका हिमालहरु चपेटामा पर्दै गएको स्थानीय

अख्तियारद्वारा कपिलवस्तु मालपोतका नायब सुब्बा ३० हजार घुससहित पक्राउ

काठमाडौं । मालपोत कार्यालय कपिलवस्तुका नायब सुब्बा नरहरी खनाल घुस रकमसहित पक्राउ परेका