कोभिड-१९ बारे जनचेतना फैलाउने पुस्तक प्रकाशन



काठमाडौं । नेपाल मुद्रण उद्योग महासंघले कोभिड–१९ संक्षिप्त जानकारी तथा कार्यस्थलको तयारी पुस्तिका प्रकाशन गरेको छ । विश्वभरी महामारीको रुपमा फैलिएको कोभिड–१९ को संक्रमणको कारण लाखौले ज्यान गुमाईसकेका र लाखौं संक्रमित भईसकेको वर्तमान अवस्थामा नेपालमा पनि संक्रमण दिनहुँ बढिरहेकोले कोभिड १९ बाट सुरक्षित रहन जनचेतना फैलाउने उद्देश्यले यो पुस्तक प्रकाशन गरिएको प्रकाशन समितिका संयोजक अरुण सापकोटाले जानकारी दिए ।

उक्त पुस्तक वितरणको शुभारम्भ कार्यक्रममा नेपाल मुद्रण उद्योग महासंघका अध्यक्ष पुस्कल गौतमले उक्त पुस्तक उद्योग व्यवसाय लगायत विभिन्न क्षेत्रमा कार्यरत कर्मचारी तथा सम्पुर्ण नेपालीहरुलाई समेत कोभिड १९ को संक्रमणबाट बच्न र सुरक्षित रहन महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्ने बताए । साथै कोभिड १९ को कारण समस्यामा परेका मुद्रण उद्योगी÷व्यवसायीहरुप्रति राज्यउदार हुन नसकेकोमा दुःख व्यक्त गर्दे उद्योगी÷व्यवायीहरुलाई यो संकटको समय संरक्षण गर्न सरकार अगाडि बढ्नुपर्नेमा जोड दिँदै सवारी साधन संचालनमा जोर विजोर प्रणाली लागू गर्दा उद्योगी/व्यवसायीलाई समस्या परेकोले यातायातका साधनको वैकल्पिक व्यवस्थान हुँदासम्म जोर–विजोर प्रणाली खारेज गर्नुपर्नेमाजोड दिए ।

कोभिड–१९ को बारेमा संक्षिप्त जानकारी, संक्रमण नियन्त्रण गर्न अपनाउनुपर्ने सावधानी, कार्यक्षेत्रमा पर्नसक्ने असरहरु, कार्यस्थल सुरक्षा तथा सहजताको लागि योजना तथा कार्यविधि, संक्रमण हुनसक्ने जोखिमअनुसार वर्ग विभाजन, फोहोरको व्यवस्थापन तथा परीक्षण सम्बन्धी जानकारी लगायतका विषयहरु समेटेर तयार पारिएको उक्त कोभिड– १९ संक्षिप्त जानकारी तथा कार्यस्थलको तयारी पुस्तक लेखन तथा सम्पादन वरिष्ठ फर्मासिष्ट विवेकसिंह महत र फर्मासिष्ट चन्द्रिका अधिकारीले गरेका थिए ।

५८ पृष्ठ रहेको उक्त पुस्तकबारे प्रकाश पार्दै लेखक महतले यो पुस्तकले कोभिड–१९ नियन्त्रण तथा जनचेतनाको लागि महत्वपूर्ण भूमिका खेल्न सक्ने उल्लेख गरेका थिए । निःशुल्क वितरण गरिने उक्त पुस्तक प्रकाशनमा महत्वपूर्ण सहयोग पुर्याउने गोपाल प्रसाद ढकाल, श्याम गैरे र लेखकद्वयलाई सम्मानगरिएको थियो । उक्त पुस्तकबारे मुद्रण उद्योग महासंघका निवर्तमान अध्यक्ष माधव केसी, महासचिव यूबराज श्रेष्ठ, सल्लाहकार भरत श्रेष्ठ, काठमाण्डौ मुद्रण उद्योग संघका अध्यक्ष घननारायण श्रेष्ठ,सल्लाहकार प्रेम उपाध्याय र ललितपूर मुद्रण उद्योगसंघका अध्यक्ष कमल पोखरेलले प्रकाश पारेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
२६ वर्षपछि मानव बेचबिखन मुद्दाका दोषी  पक्राउ

  त्रिशूली (नुवाकोट) ।  मानव बेचबिखन तथा ओसारपसार मुद्दामा दोषी ठहरिएका नुवाकोट दुप्चेश्वर

८२ घण्टासम्म भग्नावशेषमा पुरिएका ऋषि खनाल

अर्घाखाँची  । नौ वर्षअघिको कहालीलाग्दो घटना सम्झिँदा अर्घाखाँचीको भूमिकास्थान नगरपालिका–१ ढाकाबाङ्ग साम्ने गाउँका

विकराल बन्दै डढेलो : ५० जिल्लाका वन क्षेत्रमा डढेलो, करोडौंको क्षति

  गण्डकी ।  वन तथा भू–संरक्षण विभागका अनुसार बिहीबारसम्ममा ५० जिल्लाका वन क्षेत्रमा

सालझण्डी–ढोरपाटन सडक स्तरोन्नति नहुँदा ढोरपाटन पुग्ने पर्यटकलाई सास्ती

ढोरपाटन (बागलुङ) ।  राष्ट्रिय प्राथमिकताको आयोजना सालझण्डी–ढोरपाटन सडकको ट्रयाक खुलेको १३ वर्ष पूरा