यस्तो छ काठमाडौं महानगरपालिकाको नीति तथा कार्यक्रम



काठमाडौं । काठमाडौं महानगरपालिकाले आर्थिक वर्ष २०७७/७८ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । बिहीबार राष्ट्रियसभा गृहमा काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले आर्थिक वर्ष नीति तथा कार्यक्रम सार्वजनिक गरेका हुन् । नीति तथा कार्यक्रम जनस्वास्थ्य सेवा सुधार, विद्यालय शिक्षा सुधार, खाद्य सुरक्षा, उद्यमशीलता तथा रोजगारी प्रवद्र्धन, आवागमन व्यवस्थापनलगायतमा विशेष केन्द्रित रहेको छ ।

नीति तथा कार्यक्रममा कोरोना प्रतिकार्य योजना तयार गरी काठमाडौं महानगरपालिकामा लागु गर्नुका साथै उपत्यकाका अन्य नगरपालिकासँगको सहकार्यमा उपत्यकाव्यापी रूपमा कार्यान्वयनमा लैजान पहल गरिने उल्लेख छ । बन्दाबन्दीले महानगरवासीमा पारेको असरलाई न्यूनीकरण गरी छिटोभन्दा छिटो जनजीवनलाई पूर्ववत् अवस्थामा ल्याउन प्रयासरत रहेको नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।

कोरोनाका कारण व्यापार व्यवसायमा आएको अप्रत्याशित मन्दीलाई दृष्टिगत गरी महानगरभित्र सञ्चालित होटेल, रेष्टुराँ, सपिङ मल, डेरनाइट मार्केटलगायत अन्य व्यापार व्यवसायहरुलाई विशेष सहुलियत प्रदान गर्ने नीति लिएको शाक्यले बताए ।

कर तथा गैरकर राजस्व अनुगमन कार्यलाई कडाइका साथ लागु गर्न विशेष अनुगमन टोली गठन गरी परिचालन गर्ने पनि उनले बताउ । आम नागरिकको दैनिक आवागमनमा भौतिक दूरी कायम राखी सहजता प्रदान गर्न मुख्य सडक, बजार तथा चोकमा फुटपाथ व्यवस्थित तथा चौडा गर्ने नीति महानगरपालिकाले लिएको छ ।

त्यसका लागि वडा कार्यालयको सक्रियतामा स्थानीय प्रशासनको सहकार्यमा फुटपाथ अतिक्रमण गर्ने कार्यलाई कडाईका साथ नियन्त्रण गरिने महानगरले उल्लेख गरेको छ । महानगरपालिकाले काष्ठमण्डप पुनःनिर्माण कार्य यसै आर्थिक बर्षभित्र सम्पन्न गर्ने लक्ष्य लिएको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
८२ घण्टासम्म भग्नावशेषमा पुरिएका ऋषि खनाल

अर्घाखाँची  । नौ वर्षअघिको कहालीलाग्दो घटना सम्झिँदा अर्घाखाँचीको भूमिकास्थान नगरपालिका–१ ढाकाबाङ्ग साम्ने गाउँका

विकराल बन्दै डढेलो : ५० जिल्लाका वन क्षेत्रमा डढेलो, करोडौंको क्षति

  गण्डकी ।  वन तथा भू–संरक्षण विभागका अनुसार बिहीबारसम्ममा ५० जिल्लाका वन क्षेत्रमा

सालझण्डी–ढोरपाटन सडक स्तरोन्नति नहुँदा ढोरपाटन पुग्ने पर्यटकलाई सास्ती

ढोरपाटन (बागलुङ) ।  राष्ट्रिय प्राथमिकताको आयोजना सालझण्डी–ढोरपाटन सडकको ट्रयाक खुलेको १३ वर्ष पूरा

डेढ किलो सुन र डेढ करोड नगदसहित काठमाडौंबाट सात जना पक्राउ

काठमाडौँ ।  काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले एक किलो सात सय ६८