बाँकेमा एक महिलाको मृत्युपछि कोरोना संक्रमण पुष्टि
नेपालगंज । नेपालगंज शिक्षण अस्पतालमा उपचारका क्रममा मृत्यु भएकी महिलामा कोरोना संक्रमण देखिएको छ । गत जेठ ३० गते अस्पताल भर्ना भएकी बाँकेको बैजनाथ गाँउपालिका ६ कि ४६ वर्षीया महिलाको सोमबार बेलुका मृत्यु भएको थियो ।
फोक्सामा समस्या देखिएपछि अस्पताल भर्ना गरिएकी महिलाको सोही दिन स्वाब संकलन गरिएको थियो । कोरोना परीक्षणको रिपोर्ट आउनुभन्दा एक दिन पहिलेनै ति महिलाको मृत्यु भएको थियो ।
मंगलबार आएको रिपोर्टमा ति महिलामा कोरोना संक्रमण देखिएको हो । उनको रिपोर्ट पोजेटिभ आएपछि महिलाको उपचारमा संलग्न सबै स्वास्थ्यकर्मीलाई क्वारेन्टाइनमा राखिएको छ । योसँगै बाँकेमा कोरोनाबाट मृत्यु हुनेको संख्या दुई पुगेको छ । यसअघि नरैनापुरमा भारतको मुम्बईबाट आएका एक युवकको क्वारेन्टाइनमा मृत्युु भएको थियोे । योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २० पुगेको छ ।