पूर्वसांसद साहले दिए सर्लाहीका दुई नगरपालिकालाई स्यानिटाइजर बुथ



काठमाडौं । पूर्वसांसद नरेन्द्र साहले सर्लाहीका दुई स्थानीय तहलाई स्यानिटाइजर बुथ प्रदान गरेका छन् । बरहथवा र हरिवन नगरपालिकालाई व्यक्तिगत तर्फबाट साहले स्यानिटाइजर बुथ प्रदान गरेका हुन् । बजार क्षेत्रमा राखिने ती बुथले मानिसलाई स्यानिटाइज्ड गर्ने साहले बताए । बुथमार्फत टनेलमा मेसिनको माध्यमबाट मानिसको शरीरलाई डिसइन्फेक्सन गरिनेछ ।

सर्लाहीमा कोरोना संक्रमणको जोखिम बढ्दै गएको अवस्थामा स्थानीयलाई त्यसबाट बचाउने उद्देश्यले स्यानिटाइजर बुथ प्रदान गरेको पूर्वसांसद साहले बताए । मेसिनसँगै त्यसमा लाग्ने स्यानिटाइजरसमेत दुवै नगरपालिकालाई उपलब्ध गराएको साहका प्रतिनिधि श्यामबाबु यादवले जानकारी दिएका छन् ।

पूर्वसांसद साहले जिल्लामा कोरोना संक्रमण फैलिन नदिन यसअघि पनि विभिन्न स्वास्थ्य सामाग्री सहयोग गरेका छन् । यसअघि उनले जिल्लाका सबै २० वटा स्थानीय तहमा मास्क, सेनिटाइजरलगायतका स्वास्थ्य सामाग्री वितरण गरेका थिए भने कोरोना रोकथामका लागि सीमामा गस्ती गर्न सशस्त्र प्रहरीलाई २० थान साइकल प्रदान गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सागसब्जी बेचेर मासिक एक लाख आर्जन

सुनसरी । प्रत्येक दिन रोजगारीको खोजीमा सयौँ युवा विदेशिने गरेका छन्भने केही भने

बेनी–दरवाङ सडकः रणवाङ–तोलावाङ खण्ड कालोपत्र पूरा

म्याग्दी । बेनी–दरबाङ सडकको रणवाङ-तोलावाङ खण्डमा कालोपत्र भएको छ। पूर्वाधार विकास कार्यालयका प्रमुख

रोङका एक सय २१ किसान ‘गुरु किसान’ लाई अभिमुखीकरण तालिम

इलाम । रोङ गाउँपालिकाले एक सय २१ जनालाई ‘गुरु किसान’का रूपमा छनोट गरेर

सिमसार क्षेत्रको अतिक्रमणले कछुवा जोखिम

मोरङ । सिमसार क्षेत्रको अतिक्रमणले कछुवा उच्च जोखिममा परेका छन् । आहारा तथा