पूर्वसांसद शाहद्वारा कर्णालीमा एक करोड रुपैयाँ बराबरको स्वास्थ्य उपकरण सहयोग



जाजरकोट । पूर्वसांसद राजीवविक्रम शाहले कोरोना महामारी न्यूनीकरणको उद्देश्यका लागि भन्दै एक करोड रुपैयाँ बराबरको स्वास्थ्य उपकरण सहयोग गरेका छन् । उनले कर्णाली प्रदेश सरकारलाई उक्त सहयोग हस्तान्तरण गरेका हुन् । कर्णाली प्रदेशका मूख्यमन्त्री महेन्द्रबहादुर शाहीको उपस्थितिमा उनले प्रदेश अस्पताललाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेका थिए ।

अस्पतालका प्रमुख डा. डम्मर खड्कालाई स्वास्थ्य उपकरण हस्तान्तरण गरेका हुन् । शाह नेपाली कांग्रेसका पूर्वसांसद हुन् । जाजरकोटबाट प्रतिनिधित्व गर्ने शाहले यसअघि पनि सो जिल्लामा आफ्नै खर्चमा अस्पताल बनाइदिएका थिए । प्रदेश अस्पताल सुर्खेतमा पाँचवटा आईसीयू बेड, ईसीजी मेसिनलगायतका ८० लाख बराबरका सामग्री हस्तान्तरण गरेका छन् ।

कर्णाली प्रदेशका अन्य जिल्ला अस्पताललाई एक जिल्ला बराबर कम्तिमा पनि ३ लाख रुपैयाँ बराबरका स्वास्थ्य सामग्री हस्तान्तरण गरेको शाहले जानकारी दिए । स्वर्गीय व्यवसायी प्रभाकर शमशेर राणाकी छोरी माया राणाको सहयोगमा शाहले कुमारी ट्रष्टमार्फत सो सहयोग गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
परराष्ट्रमन्त्री राणा नयाँदिल्लीमा, भारतीय विदेशमन्त्रीसँग भेटवार्ता हुने

काठमाडौँ । परराष्ट्रमन्त्री डा आरजु राणा देउवा बिहीबार अपराह्न भारतको राजधानी नयाँ दिल्ली

गणतन्त्रको विकल्पमा अरु कुनै शासन व्यवस्था हुँदैनः मन्त्री खड्का

संखुवासभा ।  ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले सङ्घीयतासहितको गणतन्त्रको विकल्पमा अरु कुनै

जीवन्त इतिहास बोकेको भक्तपुरको जुद्ध बारुणयन्त्र

–रमेश गिरी भक्तपुर । नेपालको पहिलो दमकल सेवा जुद्ध बारुणयन्त्र कार्यालय हो ।

हिमवत्खण्ड सम्मिलन किन ?

काठमाडौं । हिमवत्खण्ड क्षेत्रका भाषाभाषीका विभिन्न संस्कृति, सभ्यता, ज्ञान र परम्परालाई आत्मसात् गर्दै