१७ करोड ८३ लाख अकुत सम्पत्ति आर्जन गरेको अभियोगमा अवकाशप्राप्त कर्मचारीविरुद्ध मुद्दा दर्ता



काठमाडौं । अकुत सम्पत्ति आर्जन गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अवकाशप्राप्त शाखा अधिकृत ऋषिराम अर्यालविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । अयोगले बुधबार अर्यालविरुद्ध मुद्दा दायर गरेको हो । ३६ वर्ष सरकारी सेवा गरेर अधिकृतबाट अवकाश पाएका अर्यालले सेवा अवधिमा २६ करोड ६० लाख ६९ हजार ६२ रूपैयाँ आर्जन गरेको पाइएको छ । गाविस सचिवका रूपमा ०३९ मा सेवा प्रवेश गरेर अधिकृत हुँदै अवकास ऋषिराम अर्यालले आफ्नो जागिरे अवधिमा यति धेरै रकम आर्जन गरेका हुन् ।

आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाका अनुसार, आयोगले गरेको अनुसन्धानका क्रममा उनले पद र अधिकार दुरूपयोग गरेर अकुत सम्पत्ति आर्जन गरेको फेला परेको छ । अर्यालले जागिरे अवधिमा २६ करोड ६० लाख ६९ हजार ६२ रूपैयाँ आम्दानी गरेको भेटिएको छ । आयोगका अनुसार, यसमा ८ करोड ७७ लाख २७ हजार ४ सय ८३ रूपैयाँको मात्र स्रोत खुलेको छ । बाँकी १७ करोड ८३ लाख ४१ हजार ५ सय ७९ रूपैयाँको स्रोत खुलेको छैन ।

अर्यालसहित उनका छोरा, श्रीमतीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरिएको प्रवक्ता कोइरालाले जानकारी दिए । कोइरालाका अनुसार, गैरकानुनी ढंगले आर्जित १७ करोड ८३ लाख ४१ हजार ५७९ रूपैयाँ बिगो दाबी गरी मुद्दा दायर गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
झलनाथ खनालको नाममा खोलिएको सर्पपालन प्रतिष्ठानमा भ्रष्टाचार, ५ जना दोषी ठहर

काठमाडौँ । सर्पदंश उपचार केन्द्र स्थापनाका लागि पूर्वप्रधानमन्त्री झलनाथ खनालका नाममा खोलिएको प्रतिष्ठानको

जङ्गली च्याउ खाँदा मकवानपुरमा तीन जनाको मृत्यु, १६ बिरामी

बागमती । जङ्गली विषालु च्याउ खाँदा मकवानपुरमा एक साताभित्र तीन जनाको मृत्यु भएको

६० केजी सुन तस्करी प्रकरणको दोस्रो चरणको अनुसन्धानमा २० जना पक्राउ, १५ अझै फरार

काठमाडौँ । हङकङबाट क्याथे प्यासेफिकको विमानमार्फत नेपाल भित्राइएको ६० किलोग्राम सुन तस्करी प्रकरणमा

मेलम्चीको सुरुङ बन्द गरेसँगै धाप ड्यामबाट उपत्यकामा पानी वितरण

  काठमाडौँ ।  सिन्धुपाल्चोकको अम्बाथानस्थित मेलम्ची खानेपानी आयोजना बन्द भएपछि आजबाट बागमती सुधार