संक्रमित बढेपछि कपिलवस्तु जिल्ला जेठ ५ गतेसम्म सिल गरिने



तौलिहवा । जिल्लामा कोरोना संक्रमितको संख्या बढेपिछ कपिलवस्तु जिल्लालाई सिल गरिएको छ । स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ (३) र संक्रामक रोग ऐन २०२०को दफा २ (१) बमोजिम वैशाख २९ गते साँझ ५ गतेदेखि जेठ ५ गते मध्यरातसम्म जिल्लालाई सिल गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलले जानकारी दिएका छन् ।

खाद्यान्न, तरकारी, फलफूल, दूघ, पेट्रोलियम पदार्थ जस्ता अतिआवश्यकीय सामग्री ओसारपसार गर्ने सवारीसाधन मात्र संचालन गर्न दिइने प्रजिअ पौडेलले बताए । कपिलवस्तुमा हालसम्म १५ जना कोरोना संक्रमित फेला गरेका छन् । उनीहरूको बुटवलको अस्थायी अस्पतालमा उपचार भइरहेको छ । संक्रमितको अवस्था सामान्य छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
जीवन्त इतिहास बोकेको भक्तपुरको जुद्ध बारुणयन्त्र

–रमेश गिरी भक्तपुर । नेपालको पहिलो दमकल सेवा जुद्ध बारुणयन्त्र कार्यालय हो ।

ऐतिहासिक हरसिद्धी नाच

ललितपुर महानगरपालिका वडा नं २८ र २९ मा पर्ने हरसिद्धी ऐतिहासिक हरसिद्धी नाच

भोजपुरका किसानलाई तालिमसँगै कृषि सामग्री हस्तान्तरण

भोजपुर । जिल्लाको लेखर्कका किसानलाई नवीनतम तरकारी खेती प्रणाली सम्वन्धि तालिमसँगै कृषि सामग्री

‘जुन बारी बाँझो राखेर कमाउन विदेश गएँ, आज त्यसैले सम्पन्न बनाउँदैछ’

हेटौँडा । मकवानपुर मनहरी गाउँपालिका-१ मकरीका ६१ वर्षीय देवराज न्यौपानेले धन कमाउने सपना