समीर र कञ्चनले दिए विवाह भोजको खर्च वाल आश्रम र माया घरलाई



इटहरी । युवा संचार उद्यमी समीर कार्कीले लकडाउन पालना गर्दै विहे मात्रै गरेनन् विहे भोज खर्च तीन लाख रुपैयाँ निःससहाय वाल आश्रम र माया घर इटहरीलाई उपलव्ध गराएर परोपकारी कर्ममा भाग लिए । कार्कीको विराटनगरकी कञ्चन थापासंग विवाह भएको हो ।

कार्कीले भने, ‘ यो लकडाउनको वीच समय र परिस्थिति अनुसार सीमित पारिवारिक सदस्य वीच भौतिक दुरीलाई अपनाएर विहेको सांस्कृतिक कार्य सम्पन्न गरें ।’ विश्वनै रोइरहेको अवस्थामा हाँसी हाँसी बिहे गर्नै मनले पटक्कै मानेको थिएन तर पूर्व निर्धारित मिति, लगन र पारिवारिक निर्णयलाई रोक्नु अवान्छित लाग्यो, कार्कीले भने ।

उनले जिम्मेवार नागरिकको कर्तव्य पूरा गरेर समाजसेवी सोचका विहे भोजमा लाग्ने खर्च निःसहाय वाल आश्रम र माया घर इटहरीलाई उपलव्ध गराएको बताए । एरिना टेलिभिजनको प्रमुख कार्यकारी कार्की ‘इन्नोभेटिभ आइडिया’का अभ्यासकर्ताका रुपमा परिचित छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
रोङका एक सय २१ किसान ‘गुरु किसान’ लाई अभिमुखीकरण तालिम

इलाम । रोङ गाउँपालिकाले एक सय २१ जनालाई ‘गुरु किसान’का रूपमा छनोट गरेर

सिमसार क्षेत्रको अतिक्रमणले कछुवा जोखिम

मोरङ । सिमसार क्षेत्रको अतिक्रमणले कछुवा उच्च जोखिममा परेका छन् । आहारा तथा

यस वर्षको रुद्रराज साहित्य पुरस्कार गार्गी शर्मालाई

काठमाडौं । रुद्रराज साहित्य सेवा समितिले यस वर्षको ‘रुद्रराज साहित्य पुरस्कार’ डा गार्गी

पोखरा-मुग्लिन सडकको पश्चिमतर्फ ४३ प्रतिशत भौतिक प्रगति

गण्डकी। पोखरा–मुग्लिन सडक आयोजना (पश्चिम खण्ड)को भौतिक प्रगति ४३ दशमलव ३४ प्रतिशत पुगेको