मुस्लिम समुदायको पवित्र पर्व रमजान सुरु



काठमाडौं । मुस्लिम समुदायको पवित्र पर्व रमजान शनिबारबाट सुरु भएको छ । रमजानमा मुस्लिम धर्मावलम्बीहरु एक महिनासम्म उपवास बस्छन् । त्यसलाई ‘रोजा’ भन्ने गरिन्छ । सूर्योदय हुनु करिब दुई घण्टाअगाडि केही खानेकुरा खाई रोजा सुरु हुन्छ । सूर्यास्त भइसकेपछि अवतारिक गरी रोजा खोल्नुपर्छ ।

मुस्लिम धर्ममा रोजा अशक्त, बिरामी र बालबालिकाबाहेक सबैलाई अनिवार्य छ । रोजा बस्नेहरुले आफ्नो शरीरलाई चोखो राखी दिनमा नियमित पाँचपटक नमाज पढ्नुका साथै रातमा थप तरावीको नमाज पढ्ने गर्छन् । रमजानमा ३० दिनको रोजा पूरा गरिसकेपछि इदको चाँद अर्थात् चन्द्रमा हेरेर भोलिपल्ट इदगाहमा गएर सामूहिक रुपमा नमाज पढी इदुलफित्र मनाइन्छ ।

कोरोना महामारीका कारण रमजानका बेला यसपाली मस्जिदमा भिडभाड नगरि घरभित्रै नमाज पढ्न मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले मुस्लिम समुदायलाई अपिल गरेका छन् । रोगको कुनै जात र धर्म नहुने भन्दै उनले लकडाउन तथा सामाजिक दूरीका नियमहरू पर्वका बेला पनि पालना गर्न सबैलाई अपिल गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
बाँकेमा जिपको ठक्करबाट एक वृद्धको मृत्यु

नेपालगन्ज । पूर्व–पश्चिम राजमार्गमा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको जिपले पैदल यात्रीलाई बाँकेको कोहलपुरमा

यस्तो छ सरकारको अवस्थाः आठ महिनामा सात खर्ब ३८ अर्ब आम्दानी गर्दा आठ खर्ब ३९ अर्ब खर्च

काठमाडौँ । चालु आर्थिक वर्ष २०८१/८२ को दोस्रो चौमासिकसम्म सरकारको आम्दानीभन्दा खर्च बढी

आर्थिक अभावका कारण यसवर्ष गैंडा गणना नहुने

चितवन ।  हरेक पाँच वर्षमा हुँदै आएको गैँडा गणना आर्थिक अभावका कारण यो

सर्लाहीको मलंगवाका १५ वटा स्वास्थ्य संस्था बन्द गर्न सरकारको निर्देशन

जनकपुरधाम । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले सर्लाहीको मलंगवामा १९ वटा स्वास्थ्यसंस्था अनुगमन