यस वर्ष गैँडा गणना नहुने



चितवन । गैंडा गणनाको सम्पूर्ण तयारी पूरा भएपनि जारी लकडाउन र प्रतिकूल मौसमका कारण यसवर्ष गणनाको सम्भावना टरेको छ । यही चैत १० गतेदेखि हुने भनिएको गैँडा गणना कोरोना भाइरसको जोखिम नियन्त्रणका लागि मुलुकमा लकडाउन जारी भएपछि स्थगित गरिएको हो । शुरुमा चैत १ गतेबाट गणना गरिने भनिए पनि मौसमको प्रतिकूलताका कारण पछाडी सारिएको थियो ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका उपमहानिर्देशक रामचन्द्र कँडेलका अनुसार गैंडा गणनाका लागि चैत उपयुक्त महिना हो । फागुनमा चिसो, हिलो र झाडी हुने भएकाले उपयुक्त मानिदैँन । वैशाखमा गर्मी र डढेलोका कारण जोखिम मानिन्छ ।

अघिल्लो गणना वैशाख १० गते सकिँदा हात्तीहरुले दुःख दिएको स्मरण गर्दै उहाँले यस वर्षको गणनाको सम्भावना भने टरेको बताए । चितवनसहित पर्सा, बर्दिया र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा रहेका गैंडा गणना गरिने कार्यक्रम थियो । चितवनमा गैंडा गणना गर्न एक महिना लाग्छ भने अन्य निकुञ्जमा एक साता देखि १० दिनसम्म लाग्छ ।

विगत वर्षमा दाताको भरमा गैँडा गणना गरिने भए पनि यसपटक सरकारको आफ्नै खर्चमा गणना गर्न लागिएको थियो । गणनाका लागि विभागले १ करोड १० लाख ३५ हजार रकम विनियोजन गरेको थियो । गत वर्षको गैंडा गणना बजेटाभावका कारण रोकिएको थियो । नेपालमा सन् १९९४, २०००, २००५, २००८, २०११ र २०१५ मा गैँडा गणना गरिएको थियो ।

हरेक पाँच पाँच वर्षमा गैंडा गणना गर्ने गरिन्छ । पछिल्लो गणनाले चितवन निकुञ्जमा सबैभन्दा बढी ६०५ गैँडा देखाएको थियो । चितवन, पर्सा, बर्दिया र शुक्लाफाँटासहित गरी ६४५ गैँडा थिए । चितवनसहित बर्दिया, शुक्लाफाँटा र पर्सामा गैँडाको बासस्थान छ । सन् २०१५ को गणनापछि चोरीशिकारीबाट मर्ने गैँडाको सङ्ख्या नगन्य छ ।

प्राकृतिक कारणले चितवन राष्ट्रिय निकुञ्जमा गैँडा मर्ने क्रम भने बढ्दै गइरहेको छ । गणना नहुने भएपछि निकुञ्जमा गैंडाको परिचय राख्ने गरी काम गरिँदै छ । प्रत्यक्ष रुपमा गैंडाको अवलोकन गरी उचाइ, लम्बाइ, कान, पुछर के कस्तो छ भनी जानकारी लिएर नामकरण समेत गरिनेछ । यसबाट गैंडाको बाहिर हेरेर थाहा हुने स्वस्थ्य अवस्था (घाउ,चोट) आदि पत्ता लाग्न सहज हुनेछ । एक सिङ्गे गैँडामा नेपाल विश्वकै दोस्रो मानिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सालझण्डी–ढोरपाटन सडक स्तरोन्नति नहुँदा ढोरपाटन पुग्ने पर्यटकलाई सास्ती

ढोरपाटन (बागलुङ) ।  राष्ट्रिय प्राथमिकताको आयोजना सालझण्डी–ढोरपाटन सडकको ट्रयाक खुलेको १३ वर्ष पूरा

डेढ किलो सुन र डेढ करोड नगदसहित काठमाडौंबाट सात जना पक्राउ

काठमाडौं । प्रहरीले काठमाडौंबाट एक किलो सातसय ग्राम सुनसहित सात जनालाई पक्राउ गरेको

इलाममा मतदान केन्द्रको व्यवस्थापन अन्तिम चरणमा

इलाम । शनिबार हुने इलाम २ को उपनिर्वाचनका लागि मतदान केन्द्रको व्यवस्थापन अन्तिम

मुग्लिन-पोखरा सडकका चार ठाउँमा ‘प्रिकाष्ट’ प्रविधि प्रयोग गरेर पुल बनाइँदै

गण्डकी । निर्माणाधीन मुग्लिन–पोखरा सडकअन्तर्गत पश्चिम खण्डका चार ठाउँमा ‘प्रिकाष्ट’ प्रविधिबाट पुल राखिने