जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु



बनेपा । रामेछापको खाँडादेवी गाउँपालिका–१ राकाथुममा मंगलबार बिहान बोलेरो पिकअप गाडी दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा घाइते रामेछाप जिल्ला दोरम्बा गाउँपालिका–३ का ४० वर्षीय गोपिलाल पहरी र वडा नम्बर २ का २५ वर्षीया सङ्गीता पहरीको उपचारका क्रममा मुत्यु भएको प्रहरीले जनाएको छ ।

गोपिलालको शिर मेमोरियल अस्पताल बनेपा र सङ्गीताको धुलिखेल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रहरी नायब उपरीक्षक कुमारविक्रम थापाले जानकारी दिए । उनका अनुसार २७ जना घाइतेमध्ये बनेपास्थित शिर मेमोरियल अस्पतालमा पाँचजना र बाँकीको धुलिखेल अस्पतालमा उपचार भइरहेको छ ।

बिहान भक्तपुरबाट रामेछापको दोरम्बातर्फ आउँदै गरेको बा१४च ९४९८ नम्बरको बोलेरो पिकअप राकाथुममा पुग्दा सडकबाट अन्दाजी १५० मिटर तल खसेर दुर्घटना हुँदा बालबालिकासहित गरेर ३० जना घाइते भएको र उपचारका लागि पठाएको प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक वसन्त पाठकले बताए । गाडी चालकलाई नियन्त्रणमा लिएर घटनाको बारेमा थप अनुसन्धान भइरहेको रामेछाप प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
रिङ्कु सदा मृत्यु प्रकरणमा वडा सदस्यसहित १० जना पक्राउ

सिरहा । सिरहाको नवराजपुर गाउँपालिका–१ भगवतीपुरकी १७ वर्षीया किशोरी रिङ्कुकुमारी सदाको मृत्यु प्रकरणमा

हेटौंडामा मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर एक युवकको मृत्यु

बागमती । करेन्ट लागेर मकवानपुरको मनहरी गाउँपालिका–६ नयाँबस्तीमा बिहीबार एक युवकको मृत्यु भएको

होली मनाउने क्रममा उच्छृङ्खल गतिविधि गरेको आरोपमा काठमाडौंमा ५५ जना पक्राउ

काठमाडौँ । होली मनाउने क्रममा उच्छृङ्खल गतिविधि गरेको आरोपमा प्रहरीले आज ५५ जनालाई

लागूऔषध मुद्दामा पाल्हीनन्दन गाउँपालिका अध्यक्ष गुप्तालाई एक वर्ष कैद सजाय

नवलपरासी । लागूऔषध मुद्दामा नवलपरासीको पाल्हीनन्दन गाउँपालिका अध्यक्ष बैजुप्रसाद गुप्तालाई एक वर्ष कैद