कोरोनाले सुनसान नाम्चेबजार हिउँले भने सेताम्मे



बलराम प्यासी । 
काठमाडौं । विश्वको सर्वाेच्च शिखर सगरमाथाको मुख्य प्रवेशद्वारको रुपमा चिनिने नाम्चेबजारमा एकहप्तादेखि लगातार हिउँ परिरहेको छ भने त्यहाँको तापक्रम यतिखेर माइनस १० डिग्री सेल्सियस रहेको स्थानीय प्रशासनले जनाएको छ । नाम्चेबजारबाट हिँडेर सगरमाथा पुग्न कम्तीमा १० दिन लाग्ने बताइन्छ ।

गृह मन्त्रालय अन्तर्गतको नाम्चे सीमा प्रशासन कार्यालय नाम्चेका प्रमुख अरुण सापकोटाका अनुसार कोरोना भाइरसको अनावश्यक हल्लाले गर्दा केही दिनदेखि सगरमाथाको आधार शिवीरसम्म ट्रेकिङ्गमा आउने/जाने विदेशी पर्यटकको संख्यामा पनि कमी आएको हो ।

‘अत्यधिक चिसोका कारण पर्यटक घटेका होइनन, कोरोनाको हल्लाले नेपाल भित्रिने पर्यटकको संख्या नै घटेपछि नाम्चेबजार हुँदै सगरमाथाको आधार शिवीर (फेदी)सम्म जाने पर्यटकको संख्या पनि घटेको हो’—प्रमुख सापकोटा भन्छन ‘यत्तिको चिसो र जाडो त यसअघि पनि हरेक वर्ष हुने रहेछ, तर पर्यटकको संख्या घटेको थाहा थिएन।’ नाम्चे बजारको उचाई समुन्द्र सतहबाट करीव ३ हजार ५०० किलोमिटर हो भने सगरमाथाको ८ हजार ८४८ मिटर छ।

त्यसो त यो महिना सगरमाथा चढ्ने मौसम होइन तथापि ट्रेकिङ्गको लागि आउने पर्यटकहरुको संख्या प्रतिदिन औसतमा २५० देखि ३०० सम्म रहने गरेकोमा कोरोना भाइरसको अनावश्यक हल्लापछि यो संख्या घटेर शनिबार नाम्चे प्रवेश गर्ने पर्यटकको संख्या ८० मा झरेको प्रशासन प्रमुख सापकोटा बताउँछन । सगरमाथा आधारशिवीर पुगेर फर्किनेको संख्या भने शनिवार ३२ मा सीमित भएको छ ।सगरमाथा चढ्न जाने मौसम चाँहि अंग्रेजी महिना मार्च, अप्रिल र मे हो ।

मौसमको खरावी र पर्यटकको संख्याको कमीले गर्दा काठमाडौंबाट लुक्लासम्मको हवाई उडान शनिबार केवल ५ वटा मात्रै भएको नाम्चे सीमा प्रशासन कार्यालयले जनाएको छ । उक्त कार्यालयले सगरमाथा चढ्न जाने फर्किने पर्यटकहरुको सुरक्षा र तथ्यांकको साथै आवश्यक पर्ने उद्धारको साथै अन्य सहयोग गर्दै आएको छ ।

विदेशबाट नेपाल भित्रिने पर्यटकको संख्या घटेपछि ट्रेकिङ्गमा जाने विदेशी पर्यटकको संख्या घटेको बताउँदै उनी भन्छन—‘प्राय ट्रेकिङ्गमा जाने विदेशी नै हुन, शेर्पा र गाइड त उनीहरुका सहयोगी हुन्।’

फोटो अरुण सापकोटा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला गरिने, तीन प्रकारका प्रवेश अनुमतिपत्रको व्यवस्था

डोल्पा । हिमाली जिल्ला डोल्पामा आगामी जेठ १० गतेदेखि औपचारिकरुपमा यार्सागुम्बा सङ्कलन गर्न

महोत्तरीको मटिहानीमा लागेको आगो ६ घण्टापछि नियन्त्रणमा

  जलेश्वर । महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा बुधबार दिउँसो लागेको आगो ६

उपनिर्वाचनको मौन अवधि आज राति १२ बजेदेखि

  काठमाडौँ ।  यही वैशाख १५ गते हुने इलामको प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र

धनकुटाको कोसेली नरिवल बिस्कुट

धनकुटा । के तपाईँ धनकुटा पुग्नुभएको छ ? यदि पुग्नुभएको छ भने अवश्य