जापानी कम्पनीद्वारा मेकानिकल पार्किङको प्रस्ताव



काठमाडौं । अव्यवस्थित सवारी पार्किङले काठमाडौँमा बढाएको यातायात आवागमन असहजता र प्रदूषण घटाउन मेकानिकल पार्किङको प्रयोग गर्न जापानको निपोन केवल कम्पनीले प्रस्ताव गरेको छ ।

जापान अन्तर्राष्ट्रिय सहयोग नियोगको मेकानिकल पार्किङबाट निजी क्षेत्रसँग दिगो व्यापारको सम्भाव्यता अध्ययन र यसको सञ्चालन व्यवस्थापनको दिगोपनाका लागि काठमाडौँमा गरिएको सर्वेक्षणको तथ्य देखाउँदै कम्पनीका अधिकारीले यसप्रकारको प्रस्ताव गरेका हुन् ।

यस्तो पार्किङले थोरै ठाउँमा धेरै गाडी पार्किङ गर्न सकिने, अव्यवस्थित पार्किङले ओगटेको जमिन अन्य उपयोगमा ल्याउन सकिने, शहरी सुन्दरता बढाउन सकिने, प्रदूषण घटाउन तथा सडकमा सवारी गुड्दा अहिले भइरहेको बाधा कम गराउन सकिने काठमाडौँमा मेकानिकल पार्किङ उपयुक्त अध्ययनले देखाएको छ ।

प्रारम्भिक अध्ययनले देखाएको तथ्य उल्लेख गर्दै अध्ययन कार्यदलका प्रतिनिधि सुम्पेइ इचिकावाले थोरै जमिनमा धेरै सवारी अट्ने भएकाले राजश्वमा वृद्धि हुने तथा पार्किङ गरिएका सवारीको सुरक्षा हुने भएकाले आफूहरुले मेकानिकल पार्किङको प्रस्तावअघि सारेको बताए ।

शहरी योजना आयोगका उपाध्यक्ष सरोज बस्नेतले काठमाडौँमा सवारी व्यवस्थापन अपरिहार्य रहेको तर एकैपटक जटिल खालको प्रविधि नल्याउने बताए । महानगरका प्युखा, खिचापोखरी, धर्मपथ, पाको र दरबारमार्ग क्षेत्रमा सःशुल्क पार्किङ सञ्चालन गर्दाको अनुभव सुनाउँदै बैठकमा ट्रली योर्स प्रालिका सूचना प्रविधि संयोजक हरिश अग्रवालले शहरमा भएका कार ९० प्रतिशत समय पार्किङमै बस्ने र बाँकी पाँच प्रतिशत मात्र सडकमा गुड्ने भएकाले पार्किङमा समस्या धेरै रहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
यस्ता छन् मन्त्रिपरिषद बैठकका निर्णय

काठमाडौं । सरकारले नेपाल पर्यटन बोर्डको कार्यकारी समितिमा तीन सदस्य नियुक्त गरेको छ

कर्णाली पुलबाट हाम फालेर बेपत्ता भएका शाहीको शव फेला

  कैलाली ।  चार दिनअघि कैलालीको चिसापानी पुलबाट कर्णाली नदीमा हाम फाल्दा बेपत्ता

गैरव्यवसायिक क्रियाकलाप गरेको भन्दै सादा पोसाकमा प्रहरी परिचालन नगर्न निर्देशन

काठमाडौं । गृहमन्त्री रवि लामिछानेले सादा पोसाकमा जनशक्ति परिचालन नगर्न मातहतका निकायलाई निर्देशन

अख्तियारद्वारा एमडीएमएस खरिद प्रकरणमा १९ जनाविरुद्ध मुद्दा दर्ता

काठमाडौं । मोबाइल डिभाइस म्यानेजमेण्ट सिस्टम (एमडीएमएस) खरिदमा अनियमितता गरेको अभियोगमा अख्तियार दुरुपयोग