गोरखाको आरुघाटमा जीप दुर्घटना, एक जनाको मृत्यु, सात गम्भीर घाइते



गोरखा । गोरखाको आरुघाट गाउँपालिका–१ र्धोचेमा बलेरो जीप दुर्घटना हुँदा धार्चे गाउँपालिका–६ का वडासचिव किरण रिमालको घटनास्थलमा नै मृत्यु भएको छ । प्रहरीका अनुसार ग १ ज ५५०५ नम्बरको सो जीप बुधबार साँझ करिबसडकबाट झण्डै ३०० मिटर तल खसेर दुुर्घटनामा परेको थियो ।

दुर्घटनामा सो गाउँपालिकाका उपाध्यक्ष फुलमाया गुरुङसहित सोही गाउँपालिकाका कर्मचारी घनबहादुर गुरुङ, निशा गुरुङ, शर्मिला गुरुङ, क्याराम्यान केयरसिंह गुरुङ, फेज नेपाल नामक संस्थाका कर्मचारी सरोज गुरुङ र जीपका चालक करौजाका बालचन्द्र गुरुङ गम्भीर घाइते भएकोे प्रहरीले जनाएको छ । घाइते सबैको अहिले दोङचेतस्थित फेज नेपालद्वारा सञ्चालित क्लिनिकमा सामान्य उपचार भइरहेको छ ।

घाइते अधिकांशको टाउको र मेरुदण्डमा चोट लागेको जनाइएको छ । रातिको समयमा सामान्य वर्षा भएकाले कच्ची सडकमा जीप घुम्तीमा चिप्लिएर दुर्घटना भएको हुनसक्ने प्रहरी अनुमान गरेको छ ।

घाइतेलाई थप उपचारका लागि काठमाडौँ लैजाने तयारी भइरहेको प्रहरीले जनाएको छ । घटनास्थल अति नै विकट भएकाले हेलिकप्टरबाट उद्धारका लागि पत्राचार गरिएको गोरखाका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
२६ वर्षपछि मानव बेचबिखन मुद्दाका दोषी  पक्राउ

  त्रिशूली (नुवाकोट) ।  मानव बेचबिखन तथा ओसारपसार मुद्दामा दोषी ठहरिएका नुवाकोट दुप्चेश्वर

सहकारी ठगीमा पक्राउ परेका दीपेश पुन चार लाख धरौटी बुझाएर रिहा

बुटवल । सहकारी ठगी प्रकरणमा पक्राउ परेका पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दिपेशकुमार पुन

उपनिर्वाचनमा निर्धक्ककासाथ मतदान गर्न आयोगको अपील

काठमाडौं । उपनिर्वाचनको तयारी पूरा भएको छ । शनिबार इलाम– २ र बझाङ

८२ घण्टासम्म भग्नावशेषमा पुरिएका ऋषि खनाल

अर्घाखाँची  । नौ वर्षअघिको कहालीलाग्दो घटना सम्झिँदा अर्घाखाँचीको भूमिकास्थान नगरपालिका–१ ढाकाबाङ्ग साम्ने गाउँका