एनआरएनए र पिपुल्स लिगल एसोसिएट्सबीच कानूनी सेवाबारे सम्झौता



काठमाडौं । एनआरएनए र पिपुल्स लिगल एसोसिएट्सबिच कानूनी सेवा लिने र दिने सम्बन्धमा सम्झौता भएको छ । बुधवार काठमाडौंमा एक कार्यक्रममा दुई पक्षबिचमा सो सम्झौता भएको हो । सम्झौतापत्रमा गैर आवसिय नेपाली संघका प्रमुख कार्यकारी अधिकृत डा. हेमन्त कुमार दवाडी र पिपुल्स लिगल एसोसियट्सका प्रबन्ध निर्देशक अधिवक्ता रामचन्द्र पौडेल (आरसी विमल) ले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।

 सम्झौता अनुसार गैर आवसिय नेपाली संघका सदस्यलाई पिपुल्स लिगल एसोसियट्सले निःशुल्क कानूनी परामर्श दिनेछ ।
गैरआबासिय नेपाली संघसँग सहकार्य गर्ने ऐतिहासिक अवसरलाई आफुहरुले गौरबका रुपमा लिएको एसोसिएट्सका प्रबन्धक निर्देशक अधिवक्ता पौडेलले बताए । सम्झौतापश्चात् पौडेलले एनआरएनका लागि छुट्टै डेस्क स्थापना गरि काम गरिने बताए । सम्झौताले गैर आवासिय नेपाली संघ र संघले सिफारिस गरेका प्रवासी नेपालीको कानूनी समस्याको समाधान गर्न सहज एवं व्यवस्थित भएको पौडेलको भनाई छ ।

समग्रमा गैर आबासिय नेपाली संघ र आम प्रवासी नेपालीको कानूनी अधिकारको रक्षाका लागि आफुहरु लागिपर्ने अधिवक्ता पौडेलले उल्लेख गरे । त्यसैगरि गैर आवासिय नेपाली संघ यू्रोप शाखाका उपसंयोजक शुक्रराज न्यौपानेले दुई पक्षबिचको सम्झौताले गैर आवासिय नेपालीलाई कानुनी उपचार खोज्न सहयोग पुग्ने बिश्वास व्यक्त गरे ।

उनले गैर आवासिय नेपालीहरु मुलुकको समग्र विकासका लागि काम गर्न इच्छुक रहेको बताए । न्यौपानेले नेपाल सरकारले संगालेको समृद्विको सपनालाई साकार पार्न गैर आवासिय नेपाली उत्साहित रहेको समेत दावी गरे । उनले आफुहरु भौतिक रुपमा विदेशी भूमिमा रहेपनि भावनात्मक हिसाबले सधै नेपालमै रहेको अनुभूति गर्ने गरेको बताए ।

कार्यक्रममा नेपाल बार एशोसियसनका महासचिव वरिष्ठ अधिवक्ता लिलामणि पौडेल, गैर आवासिय नेपाली संघका प्रमुख कार्यकारी अधिकृत डा हेमन्त कुमार बुढाथोकी र अधिवक्ता विष्णु अधिकारीले प्रवासी नेपालीका लागि नेपालको कानूनमा भएका जटिलताका सन्दर्भमा चर्चा गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सागसब्जी बेचेर मासिक एक लाख आर्जन

सुनसरी । प्रत्येक दिन रोजगारीको खोजीमा सयौँ युवा विदेशिने गरेका छन्भने केही भने

बेनी–दरवाङ सडकः रणवाङ–तोलावाङ खण्ड कालोपत्र पूरा

म्याग्दी । बेनी–दरबाङ सडकको रणवाङ-तोलावाङ खण्डमा कालोपत्र भएको छ। पूर्वाधार विकास कार्यालयका प्रमुख

रोङका एक सय २१ किसान ‘गुरु किसान’ लाई अभिमुखीकरण तालिम

इलाम । रोङ गाउँपालिकाले एक सय २१ जनालाई ‘गुरु किसान’का रूपमा छनोट गरेर

सिमसार क्षेत्रको अतिक्रमणले कछुवा जोखिम

मोरङ । सिमसार क्षेत्रको अतिक्रमणले कछुवा उच्च जोखिममा परेका छन् । आहारा तथा