विवाहपञ्चमी महोत्सवका लागि अयोध्याबाट आएका जन्तीलाई जनकपुरमा भव्य स्वागत



जनकपुरधाम । रामजानकी विवाहपञ्चमी महोत्सवका लागि अयोध्याबाट साधुसन्तको जन्ती बिहीबार जनकपुरधाम आइपुगेको छ । राम र लक्ष्मणको स्वरुप बनाई झाँकीसहितको लावालस्करसहित भारत उत्तर प्रदेशको अयोध्याबाट बिहीबार जन्ती जनकपुर आइपुगेको हो ।

आदर्श नारी सीता र मर्यादा पुरुषोत्तवम भगवान् रामको विवाहका लागि जन्ती जनकपुर आएको हो । ५ सयको संख्यामा आएका जन्तीलाई महोत्तरीका विभिन्न स्थानसहित जनकपुरधाममा भव्य स्वागत गरिएको थियो । जानकी मन्दिरमा मन्दिरका महन्थ रामतपेश्वर दास वैष्णव, उत्तराधिकारी महन्थ रामरोशन दास वैष्णव, जनकपुरधाम उपमहानगरपालिकाका मेयर लालकिशोर साहले स्वागत गरेका थिए ।

महिलाहरूले त्यहाँ नाचगान गरी जन्तीलाई स्वागत गरेका थिए । प्रत्येक पाँच वर्षमा एकपटक भारतको अयोध्याबाट विवाहपञ्चमीमा साधुसन्तको जन्ती औपचारिक रूपमा सीता र रामको विवाहका लागि जनकपुर आउने गर्दछन् । त्यसै क्रममा यस वर्ष पनि जन्ती आएको हो । जन्ती जनकपुरधाम आएपछि नगर परिक्रमा गरेका थिए । सो क्रममा आआफना घरबाट स्थानीयवासीले फूल बर्षाएर स्वागत गरेका थिए ।
फोटो सुजीत झाको फेसबुकबाट

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
चिडियाखानाको रेडपान्डा चोर्न खोज्ने दुईजना पक्राउ

काठमाडौं । जावलाखेलस्थित चिडियाखानाको रेडपान्डा चोर्न खोजेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको

रास्वपाले भन्यो-भिजिट भिसा प्रकरणमा गृहमन्त्रीले राजीनामा र प्रधानमन्त्रीले जवाफ दिनुपर्छ

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले भिजिट भिसा प्रकरणमा गृहमन्त्रीले राजीनामा तथा प्रधानमन्त्रीले सदनमा

सरकार र यातायात व्यवसायीबीचको वार्ता विफल

काठमाडौँ । सरकार र यातायात व्यवसायीबीचको वार्ता विना निष्कर्ष टुंगिएको छ । सोमबार

पाँच महिनामा पाँच लाखभन्दा बढी विदेशी पर्यटक आए नेपाल

काठमाडौं  । सन् २०२५ का पाँच महिनामा पाँच लाखभन्दा बढी विदेशी पर्यटक नेपाल