नयाँ हिमाल खुल्ला गर्ने र हिमाल आरोहणमा लिइने धरौटी रकममा भारी छुट दिने सरकारको तयारी
काठमाडौं । सरकारले हिमाल आरोहणमा लिइने धरौटी रकममा भारी छुट गर्ने तयारी गरेको छ । ‘नेपाल भ्रमण वर्ष–२०२०’ को तयारीका विषयमा छलफल गर्न सोमबार काठमाडौंमा बसेको बैठकमा मन्त्री भट्टराईले हिमाल आरोहणमा लिने धरौटी रकममा छुट दिन लागिएको जानकारी दिएका हुन् ।
उनले पर्यटकहरुको प्रवेश शुल्क घटाउनेसमेत बताएका छन् । यी दुवै प्रस्ताव एक साताभित्र मन्त्रिपरिषद बैठकबाट पारित गराउने उनले जानकारी दिएका छन् ।
त्यस्तै, केही हिमाल आरोहणका लागि खुला गर्ने तयारी भईरहेकोसमेत उनले जानकारी दिए । मन्त्री भट्टराईले मुलुकमा पर्यटकहरु सहज ढंगले भित्रााउन आवश्यक पर्ने सबै खालको नीतिगत तथा कानुनी जटिलता हटाउन सरकार लागि परेको बताए ।