‘अघोरी बाबा’की पत्नी ठगीको आरोपमा पक्राउ



काठमाडौं । आफूलाई ‘अघोरी बाबा’ बताउने विजय केसीकी श्रीमती शारदा पाण्डेविरुद्ध ठगीको आरोप लागेको छ । चितवनकी एक महिलाबाट विदेश लगिदिन्छु भनी ठगी गरेको आरोपमा कारवाहीको माग गर्दै निवेदन परेकाले सोधपुछका लागि उनलाई नियन्त्रणमा लिइएको महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता होबिन्द्र बोगटीले जानकारी दिए ।

उनलाई अहिले महानगरीय प्रहरी वृत्त बौद्धमा राखिएको छ । उनको विषयमा पूर्ण जाहेरी नपरेकाले जाहेरी परेपछि त्यसैको आधारमा अनुसन्धान अघि बढ्ने बौद्ध प्रहरीले जनाएको छ । पाण्डेले पछिल्लो समयमा ‘अघोरी बाबा’सँग बिहे गरेको भन्दै यूट्यूबमा अन्तरवार्ता दिँदै आएकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
आरोहणका लागि बाटो बनाउँदै हिँडेका १० जना शेर्पाको टोली सगरमाथाको चुचुरोमा

सल्लेरी (सोलुखुम्बु) । यो वसन्तमा सगरमाथा आरोहणका निम्ति मार्ग बनाउँदै हिँडेका १० जना

‘भाले बास्ने’ ताल जोड्ने पदमार्ग निर्माण

म्याग्दी ।  म्याग्दीको मालिका र मंगला गाउँपालिकाको सिमानामा रहेको ‘भाले बास्ने’ ताल पदमार्गले

मुख र छातीमा तारले बाँधेर जलाइको अवस्थामा काभ्रेको पाँचखालमा पुरुषको शव फेला

काभ्रे । काभ्रेमा रुखमा बाँधेर जलाइएको अवस्थामा एक पुरुषको शव भेटिएको छ ।

चितवन राष्ट्रिय निकुञ्जमा दश महिनामा २१ गैँडाको मृत्यु

चितवन । चितवन राष्ट्रिय निकुञ्ज र आसपासका क्षेत्रमा चालु आर्थिक वर्षको १० महिनामा