इन्जिनीयर र डोजर चालक एक लाख २० हजार घुससहित पक्राउ



काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवलको टोलीले सब–इञ्जिनीयर सन्दीप पौडेल र डोजरचालक विक्रम बस्नेतलाई रङ्गेहात पक्राउ गरेको छ ।

शिक्षा विकास निर्देशनालय प्रदेश नं ५ बुटवल रुपन्देहीमा करारमा कार्यरत सब–इञ्जिनीयर पौडेलले विद्यालयको भवन निर्माण कार्य सम्पन्न भई अन्तिम किस्ताबापतको बाँकी रकम विद्यालयको खातामा निकासा गर्ने सिलसिलामा विभिन्न बहाना बनाई सेवाग्राहीसँग पटक–पटक घुस माग गरिरहेको भन्ने उजुरीका आधारमा पौडेल र रकम लिन मतियारका रुपमा प्रयोग गरिएका डोजर चालक बस्नेतलाई सेवाग्राहीबाट लिएको एक लाख बीस हजार रुपैयाँसहित पक्राउ गरिएको आयोगको केन्द्रीय कार्यालयले जनाएको छ । आयोगले दुवै अभियुक्तलाई आफ्नै हिरासतमा राखेर अनुसन्धान गरिरहेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
यस्ता छन् मन्त्रिपरिषद बैठकका ३० निर्णय

काठमाडौँ । सरकारले दमक भ्यू–टावरलाई शुल्क लिई सञ्चालन गर्न स्वीकृति दिने निर्णय गरेको

आठ वर्षदेखि सरकारी तथा गैरसरकारी कार्यालयका कीर्ते गरी नक्कली कागजात बनाउँदै आएको गिरोह पक्राउ

काठमाडौँ । सरकारी कार्यालय, स्थानीय तह, बैंक तथा वित्तीय संस्था, शैक्षिक प्रमाणपत्रलगायत कागजात

सर्वोच्चले संवैधानिक निकायका ५२ पदाधिकारीविरुद्धको मुद्दाको जेठ २८ मा फैसला सुनाउने

काठमाडौं । संवैधानिक निकायका ५२ पदाधिकारीविरुद्धको रिटमाथिको बहस सकिएको छ । बिहीबार बहस

बन्दीप्रत्यक्षीकरणको रिटमा हत्कडी खोलेर मिश्रलाई सर्वोच्चमा उपस्थित गराइयो

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका उपाध्यक्ष रविन्द्र मिश्रलाई सर्वोच्च अदालतमा उपस्थित गराइएको छ