“बन्न नसक्दा कसैलाई चासो छैन, बनेपछि कर उठाउन हतार “



बलराम प्यासी ।

ललितपुरको ग्वार्कोस्थित गुण सिनेमा हलको पुर्वतर्फ कर्मनासा खोला किनारमा बन्दै गरेको १३ तल्ले अपार्टमेन्ट २०७२ सालको भूकम्पपछि निर्माण हुन नसकी करोडौंको सम्पत्ति नस्ट हुँदैछ भने अपार्टमेन्ट खण्डहरमा परिणत हुँदैछ |

निजी कम्पनीले २०७० सालदेखि बनाउन लागेको करिव २०० वटा पारिवारिक कोठासहितको अपार्टमेन्टको नक्सा,अन्य प्राविधिक या आर्थिक, के कारणले बन्न नसकेको हो ललितपुर महानगरपालिकाले चासो दिएको छैन | सबै पालिकाहरुले आफ्नो क्षेत्रमा विविध कारणले निर्माण हुन नसकेका यस्ता घर, फ्ल्याट,अपार्टमेन्ट र कोलोनीको तत्कालैदेखि तथ्यांक लिएर निर्माण सम्पन्नको लागि पहल गर्नुपर्छ |

निर्माण सकिएको भए घरजग्गा कर, घरभाडा कर, फोहोरमैला कर, आय कर उठाउन ताकेता गर्ने महानगरपालिकाले अपार्टमेन्ट बनाउन पनि आवस्यक पहल गरिदिए कति राम्रो हुन्थ्योहोला ? कर उठाउनेले घर बनाउने कार्यमा पनि सहयोग गर्न सक्नुपर्छ |

जसको भएपनि यो अपार्टमेन्टको निर्माण सम्पन्नपछि महानगरको शोभा बढ्ने मात्रै नभई महानगरको नियमित आय पनि बढ्ने र २०० परिवारले शहरमा राम्रो वासस्थान पाउने कुरामा दुईमत छैन |

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सगरमाथामा नयाँ कीर्तिमान बनाउने प्रतिस्पर्धा

काठमाडौं ।  विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहणको ७२ वर्षे दौरानमा प्रतिस्पर्धा, होडबाजी र

मुग्लिन–पोखरा सडकको दमौली बजारमा धमाधम कालोपत्र हुँदै

दमौली ।  मुग्लिन–पोखरा सडक विस्तारअन्तर्गत दमौली बजारमा धमाधम कालोपत्र भइरहेको छ । व्यास नगरपालिका–२

यस्तो छ आज सागसब्जी र फलफूलको मूल्य

  काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको

मकवानपुरगढीमा सवारी दुर्घटना, दुई जनाको मृत्यु, १४ घाइते

भीमफेदी। मकवानपुरमा सवारी दुर्घटनामा परी दुईजनाको ज्यान गएको छ भने १४ जना घाइते