सामाजिक सुुरक्षा कोषमा आवद्ध हुने समयावधि एक महिना थपिने



काठमाडौं । सरकारले योगदानमा आधारित सामाजिक सुुरक्षा कोषमा आवद्ध हुने समयावधि एक महिना थप गर्ने भएको छ । सामाजिक सुरक्षा कोषले काठमाडौंमा पत्रकार सम्मेलन गरी सो कोषमा सूचिकृत हुनका लागि एक महिनाको समय थप गर्ने जानकारी गराएको हो ।

ठूलो संख्यामा सूचिकरण हुन बाँकी रहेकाले सामाजिक सुरक्षा कोषमा सूचिकृत हुनका लागि थप एक महिना थप गर्ने निर्णय गरिएको कोषका प्रमुख कपिल ज्ञवालीले जानकारी दिए । सरकारले यसअघि असोज मसान्तभित्र निजी क्षेत्रका सबै औद्योगिक प्रतिष्ठानहरुलाई सो कोषमा आवद्ध हुने मौका दिएको थियो ।

हालसम्म कोषमा ८ हजार ८१८ जना रोजगारदाताहरु सूचिकृत भएका छन भने सो कोषमा योगदान गर्नेहरुको संख्या १ लाख ९६८ पुगेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ ।

पत्रकार सम्मेलनमा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले श्रमिकहरुको जीवन स्तरलाई माथि उठाएर मात्रै मुलुकलाई समृद्ध बनाउन सकिन्छ भन्ने निष्कर्षका साथ सरकारले सो कोषको कामलाई अघि बढाएकाले त्यसमा साथ दिन सबैलाई आग्रह गरे ।

उनले सामाजिक सुरक्षा कोष श्रमिकको हितमा रहेकाले यसबाट सरकार कुनै पनि हालत पछि हटन नसक्ने पनि स्पष्ट पारे । सरकारले गत साउन १ गतेदेखि योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम कार्यान्वयनमा ल्याएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
बजेट यथार्थपरक छः अर्थमन्त्री पौडेल

काठमाडौँ । उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२÷८३ को बजेट

जतिसक्दो छिटो राष्ट्रिय विज्ञापन नीति जारी गर्छौंः अध्यक्ष हुमागाईं

काठमाडौँ । विज्ञापन बोर्डका नवनियुक्त अध्यक्ष लक्ष्मण हुमागाईँले घट्दो विज्ञापन बजारलाई पुरानो लयमा

पाँच महिनामा पाँच लाखभन्दा बढी विदेशी पर्यटक आए नेपाल

काठमाडौं  । सन् २०२५ का पाँच महिनामा पाँच लाखभन्दा बढी विदेशी पर्यटक नेपाल

सदन संचालनका लागि शीर्ष नेताको बैठकमा जुटेन सहमति, गृहमन्त्रीको राजीनामामा माओवादीको अडान कायमै

काठमाडौँ । नेकपा माओवादी केन्द्र सदन संचालनका लागि गृहमन्त्री रमेश लेखकको राजीनामाबाट पछि