बैतडी डोजर आतंक प्रकरणः चालकविरुद्ध ज्यानमार्ने उद्योगमा मुद्दा दर्ता



बैतडी । डोजरले महिला हुत्याउने चालकविरुद्ध ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गरिएको छ । दशरथचन्द नगरपालिका–९ मा स्थानीयवासी गौरी जोशीलाई डोजरले हुत्याउने चालक किशोर बोहराविरुद्ध ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गरिएको हो ।

महिला हुत्याएको भिडियो सार्वजनिक भएपछि प्रहरीले नियन्त्रणमा लिएका चालक बोहराविरुद्ध ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गरिएको प्रहरी निरीक्षक किसन चन्दले जानकारी दिए ।

वडा नम्बर ९ को सुन्नाखानदेखि पार्ससम्म जोड्ने सडक निर्माणका विषयमा दुई पक्षबीच विवाद हुँदा सोमबार झडप भएको थियो । झडपका बेला सडक रोक्ने पक्षकी गौरीलाई डोजरले हुत्याएको थियो ।

डोजरले हुत्याउँदा गौरी गम्भीर घाइते भएकी छन् । उनको कोहलपुरमा उपचार भइरहेको छ । यस्तै झडपमा ढुङ्गा हानाहान पनि भएको थियो । ढुङ्गा हानाहान हुँदा दुवै पक्षका अरु सात समान्य घाइते भएका थिए ।

विवाद भएको स्थान गुठीको जमीन रहेको भन्दै यसअघि पनि विवाद आएको थियो । तिहारपछि विवाद समाधान गरी सडक खन्ने सहमति भएको भए पनि एक्कासी सडक निर्माण गर्न खोज्दा घटना भएको हो ।

सडक निर्माणका विषयमा भएको विवादका बारेमा दुवै पक्षसँग छलफल गरेर टुङ्गोमा पुग्ने प्रमुख जिल्ला अधिकारी आनन्द पौडेलले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
चिडियाखानाको रेडपान्डा चोर्न खोज्ने दुईजना पक्राउ

काठमाडौं । जावलाखेलस्थित चिडियाखानाको रेडपान्डा चोर्न खोजेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको

रास्वपाले भन्यो-भिजिट भिसा प्रकरणमा गृहमन्त्रीले राजीनामा र प्रधानमन्त्रीले जवाफ दिनुपर्छ

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले भिजिट भिसा प्रकरणमा गृहमन्त्रीले राजीनामा तथा प्रधानमन्त्रीले सदनमा

सरकार र यातायात व्यवसायीबीचको वार्ता विफल

काठमाडौँ । सरकार र यातायात व्यवसायीबीचको वार्ता विना निष्कर्ष टुंगिएको छ । सोमबार

पाँच महिनामा पाँच लाखभन्दा बढी विदेशी पर्यटक आए नेपाल

काठमाडौं  । सन् २०२५ का पाँच महिनामा पाँच लाखभन्दा बढी विदेशी पर्यटक नेपाल