सुरक्षित मातृत्व र प्रजनन् स्वास्थ्य सेवालाई सुदृढ बनाउन युएनएफपीएले थप सहयोग गर्ने



काठमाडौं । संयुक्त राष्ट्रसङ्घीय जनसङ्ख्या कोष (युएनएफपीए)का कार्यकारी निर्देशक एवं संयुक्त राष्ट्र सङ्घका उपमहासचिव डा नतालिया कनेमले सुरक्षित मातृत्व र प्रजनन स्वास्थ्य, परिवार योजना तथा महिला सशक्तीकरणका क्षेत्रमा नेपालले गरेका कामको उच्च सराहना गरेकी छन् ।

नेपालको पहिलो दुईदिने औपचारिक भ्रमणमा रहेकी कार्यकारी निर्देशक डा कनेमले सोमबार संयुक्त राष्ट्रसङ्घीय कार्यालय पुल्चोकमा आयोजित पत्रकार सम्मेलनमा नेपालको समावेशी संविधान र संविधानले अङ्गिकार गरेका व्यवस्थाले सबै क्षेत्रमा द्रुतत्तर प्रगति एवं उन्नति ल्याउने विश्वास व्यक्त गरिन् । उनले नेपाली महिला र किशोरीको जीवनस्तरमा आमूल सुधार ल्याउने विश्वास लिएको भन्दै यस क्षेत्रमा अझै धेरै काम गर्न बाँकी रहेको बताइन् ।

कार्यकारी निर्देशक कनेमले सुरक्षित मातृत्व र प्रजनन् स्वास्थ्य, परिवार योजना, महिला हिंसा अन्त्यका क्षेत्रमा आगामी दिनमा युएनएफपीएले थप सहयोग गर्ने पत्रकार सम्मेलनमा जानकारी दिइन् ।

सन् १९९७१ देखि युएनएफपीएले विशेषगरी सुरक्षित मातृत्व, यौन तथा प्रजनन स्वास्थ्य, परिवार योजना, महिला हिंसा अन्त्यलगायतका क्षेत्रमा नेपाल सरकारलाई निरन्तर आर्थिक एवं प्राविधिक सहयोग निरन्तर गर्दै आएको छ ।

सन् २०१५ मा नेपालमा गएको विनाशकारी भूकम्प, गत वर्ष तराई/मधेशको डुवान पीडित महिला तथा किशोरीलाई युएनएफपीएले उच्च मानवीय सहायता प्रदान गरेको थियो । यसलाई अन्तराष्ट्रिय क्षेत्रले समेत उच्च सराहना गरेका थिए ।

नेपालमा पनि अझै मातृ मृत्युदरप्रति एकलाख जीवित जन्ममा २३९ जना रहेको छ । यो सार्क क्षेत्रको अफगानिस्तानपछि दोस्रो उच्च दर हो । परिवार योजनाको अपरिपूर्त आवश्यकता उच्च २४ प्रतिशत रहेको छ ।

सन् २०११ देखि आधुनिक गर्भ निरोधक साधनको व्यापकता ४३ प्रतिशतमा स्थिर रहेको छ । अझै पनि नेपालका १५–४९ उमेर समूहका एक तिहाइ महिलाले गर्भ्निरोधक साधन छनोटमा आफ्नो निर्णय लिँदैनन् । अनुमानित २८ प्रतिशत महिला १५ वर्ष वा माथि उमेरका किशोरीले शारीरिक वा यौन हिंसा र बालविवाहजस्ता हानीकारक अभ्यास भोगिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
राष्ट्रपतिले वैशाख १९ गते सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पठाउने

चार सय वर्ष पुरानो सिवालय ओझेलमा

बर्दिया । बर्दियाको बढैयाताल गाउँपालिका–७, बोकटिया गाउँमा अवस्थित चार सय वर्ष पुरानो शिवालय

सर्लाहीको धनकौल-६ का वडाध्यक्षसहित नौ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्लाहीको धनकौल गाउँपालिका–६ का वडाध्यक्षसहित नौ जनाविरुद्ध

खुम्बु क्षेत्रमा भारी हिमपात

सोलुखुम्बु । उच्च हिमाली क्षेत्र खुम्बुमा आइतबारदेखि लगातार भारी हिमपात भइरहेको छ। हिमपातका कारण पर्यटक