नक्कली नोट छाप्ने उपकरणसहित बौद्धबाट तीन जना पक्राउ



काठमाडौं । नेपाल प्रहरीले नक्कली नोट छाप्ने उपकरणसहित तीनजनालाई पक्राउ गरेको छ । बौद्ध महानगरीय प्रहरी वृत्तको टोलीले गोकर्णेश्वर नगरपालिका–६ नयाँबस्तीमा नक्कली नोट छाप्ने उपकरणसहित दोलखा मैलुङ नगरपालिका–७ का २६ वर्षीय राजन परियार, ३५ वर्षीय सन्तोष नेपाली र २१ वर्षीय महेन्द्र नेपालीलाई सोमबार बिहान पक्राउ गरेको हो ।

घरको एकतला भाडामा लिएर नक्कली नोट छाप्दै गरेका बेला उनीहरुलाई पक्राउ गरिएको वृत्तका प्रमुख प्रहरी नायब उपरीक्षक रमेश सिंहले जानकारी दिए ।

पक्राउ परेकाहरूबाट प्रहरीले १००० दरका ३४ थान नक्कली नोट बरामद गर्नाका साथै नोट छाप्न प्रयोग हुने फोटोकपी मेशिन एक थान, सिपियु एक थान, मनिटर एक थान, क्यामरा एक थान, कैँची चार थान, गम चार थान, ठूलो साइजको कागज १४२ थान र सानो साइजको कागज १४९ थान बरामद गरेको थियो । पक्राउ परेका व्यक्तिले उक्त उपकरणबाट हालसम्म कति नक्कली नोट छापे भन्नेबारे अनुसन्धान भइरहेको वृत्तले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
लुम्बिनीमा हजार बुद्ध गुम्बा निर्माण

लुम्बिनी । लुम्बिनीमा पाल थुप्तेन सेडुप लिङ गुम्बा (हजार बुद्ध मन्दिर) निर्माण गरिएको

अनुकूलन कोष बोर्डको सदस्यमा शर्मा छनोट

  बाकु, अजरबैजान । अल्पविकसित देशहरूको समूह (४५ देशहरूको समूह) ले नेपाली प्रतिनिधि

बीस वर्षदेखि सुकुम्बासीको प्रश्न : जग्गा कहिले पाइन्छ ?

भजनी (कैलाली) । अछाम रामारोशनका बुदे टमटा १९ वर्ष पहिले अछामबाट कैलालीको टीकापुर

दैलेखको आठविसमा बस दुर्घटना, आठ घाइते

सुर्खेत । कर्णाली राजमार्गको दैलेख खण्डमा बस दुर्घटना भएको छ । शुक्रबार कालीकोटबाट