भोजपुरमा खेल हेरेर घर फर्किंंदै गरेकी एक युवतीको हत्या



भोजपुर । भोजपुरको षडानन्द नगरपालिकामा एक महिलाको हत्या भएको छ । षडानन्द नगरपालिका–१ नेपालेडाँडाबाट खेल हेरेर घर फर्कदै गरेकी २८ वर्षीया कल्पना राईको हत्या भएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।

शनिबार साँझ षडानन्द नगरपालिकाको वडा नं २ र ३ को सिमानामा पर्ने उपङ्खा भन्ने ठाउँमा धारिलो हतियार प्रयोग गरी उनको हत्या भएको प्रहरीको भनाइ छ ।

हाटबाट फर्किँदै गरेका कल्पना राई र घाइते १८ वर्षीया नवीना राईमाथि धारिलो हतियार प्रयोग भएको हो । कल्पनाको शरीरको विभिन्न भागमा चोट लागेर घटनास्थलमै मृत्यु भएको थियो भने घाइते नवीनाको चिउँडोमा चोट लागेको प्रहरीले जनाएको छ ।

घटनामा संग्लग्न भएको आशङ्कामा प्रहरीले षडानन्द नगरपालिका– ३ का २१ वर्षीय प्रदीप बस्नेतलाई पक्राउ गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
दाउन्नेमा वैशाख ३१ सम्म रातको समयमा सवारी आवागमन बन्द गरिने

नवलपरासी। नारायणगढ-बुटवल सडकअन्तर्गतको दाउन्ने क्षेत्रमा सडक विस्तारका लागि थप आगामी वैशाख ३१ गतेसम्म

तनहुँको छिम्केश्वरीमा मोनोरेलको सम्भाव्यता अध्ययन सुरु

तनहुँ। तनहुँको सबैभन्दा अग्लो स्थानमा रहेको पर्यटकीय स्थल छिम्केश्वरीमा मोनोरेलको सम्भाव्यता अध्ययन थालिएको

कानुनी जटिलता र अनधिकृत प्रयोगका कारण लुम्बिनीका विद्युतीय सवारी प्रयोगविहित

लुम्बिनी । लुम्बिनी विकास कोषको अत्याधुनिक विद्युतीय सवारीसाधन पर्यटक सेवा सुधार गर्ने उद्देश्यले

सरकार र शिक्षक महासङ्घसँगबीचको वार्ता सकारात्मक

काठमाडौँ । सरकार र प्रदर्शनरत शिक्षक महासङ्घबीचको वार्ता सकारात्मक निष्कर्षका साथ स्थगित भएको