तीन वर्ष कैद र साढे ८ करोड जरिवाना सुनाइएका फरार अभियुक्त जेल चलान



भक्तपुर । अदालतले दोषी ठहर गरेपछि फरार रहेका भक्तपुरको सूर्यविनायक नगरपालिका–९ नलिन्चोकका प्रकाशराज खत्रीलाई नलिन्चोकबाट पक्राउ गरी जिल्ला अदालत भक्तपुरले नख्खु जेल चलान गरेको छ ।

बैंकिङ कसुरसम्बन्धी मुद्दामा तत्कालीन पुनरावेदन अदालत पाटनले दोषी ठहर गरी तीन वर्ष कैद र आठ करोड ५० लाख जरिवानाको फैसला सुनाएपछि फरार रहेका खत्रीलाई शुक्रबार महानगरीय प्रहरी परिसर भक्तपुरको टोलीले पक्राउ गरी जिल्ला अदालत भक्तपुरमा बुझाएको थियो ।

पक्राउ परेका खत्रीलाई शुक्रबारै नख्खु जेल चलान गरेको जिल्ला अदालत भक्तपुरका सूचना अधिकृत एवं तहसिलदार सघन अधिकारीले जानकारी दिए ।

नेपाल राष्ट्र बैंकले जाहेरी दिएको मृुद्दामा २०७१ साल वैशाख २९ गते तत्कालीन पुनरावेदन अदालत पाटनले दोषी ठहर गरेपछि फरार रहेका खत्रीलाई प्रहरीले पाँच वर्ष छ महिनामा पक्राउ गरेको हो ।

प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक रेवतीरमण पोखरेलले खत्रीले जरिवानाबापतको रकम नबुझाएपछि अदालतले जरिवानाबापत १० वर्ष कैद सजाय थप गरी कूल १३ वर्ष कैद भुक्तान गर्नेगरी कारागार चलान गरिएको जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
म्याग्दीको नारच्याङमा सशस्त्र प्रहरीको विपद् व्यवस्थापन एकाइ स्थापना

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा सशस्त्र प्रहरी बलको विपद् व्यवस्थापन ‘बेस’ (एकाइ)

किसानलाई जङ्गली जनावरबाट बाली जोगाउन सकस

कञ्चनपुर ।  कञ्चनपुरको बेलडाँडी गाउँपालिका–५ का नन्दा गिरीको डेढ बिघा जमिन शुक्लाफाँटा राष्ट्रिय

मानसिक रोगले ग्रसित फुरदिकुलाई उपचार गर्न खर्च अभाव हुँदा खोरमा राख्नुपर्ने बाध्यता

खोटाङ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१३ नुनथलाकी २९ वर्षीया फुरदिकु शेर्पाको सात

विकास थपिँदै गएपनि बढ्दै बसाइँसराइ

म्याग्दी । घर अगाडीको सडकमा सवारी साधन गुडीरहन्छन् । सवारी साधनमा मानिस कम