निकुञ्जको बोलपत्र च्यात्ने सात जना पक्राउ



नेपालगंज । बाँके राष्ट्रिय निकुञ्जले खुलाएको बोलपत्र च्यातेको अभियोगमा प्रहरीले सात जनालाई पक्राउ गरेको छ । निकुञ्जभित्र दुई पोष्ट भवन र पर्खाल निर्माणका लागि खुलाएको बोलपत्र दर्ता गर्ने क्रममा बुधबार एक समूहले निकुञ्जभित्र पसेर बोलपत्र फारम च्यातेको थियो ।

निकुञ्ज कार्यालयले तोक लगाएका दुई र अन्य केही बोलपत्र च्यातेको अभियोगमा प्रहरीले सात जनालाई नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी नायब उपरीक्षक हेमबहादुर शाहीले जानकारी दिए ।

उनका अनुसार, बोलपत्र फारम च्यातेको आरोपमा प्रहरी नियन्त्रणमा परेका सात जनालाई आवश्यक अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय कोहलपुरमा राखिएको छ । बुधबार बोलपत्र दर्ता गर्ने अन्तिम दिन रहेको थियो ।

सो क्रममा युवाहरुको एक समूहले दर्ता गर्न लागिएका बोलपत्र च्यातेपछि विवाद भई बोलपत्र प्रक्रिया नै रोकिएको बाँके राष्ट्रिय निकुञ्जका प्रमुख प्रमोद भट्टराईले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
गोरखामा ४.३ रेक्टरको परकम्प

काठमाडौं । गोरखाको मानबु आसपास केन्द्रविन्दु भएर आइतबार बिहान भूकम्पको परकम्प गएको छ

दसैँको समयमा सुदूरपश्चिममा सवारी दुर्घटनामा नौ जनाको मृत्यु

सुदूरपश्चिम । असोज २१ देखि २९ गतेसम्म सवारी दुर्घटनामा परी सुदूरपश्चिम प्रदेशमा नौजनाको

नवलपुरमा सब–स्टेसन निर्माण अन्तिम चरणमा

सर्लाही । सर्लाहीमा केन्द्रीय विद्युत् प्रसारण लाइन विस्तार गर्न सब–स्टेसन निर्माण अन्तिम चरणमा

धनगढी–स्याउले सडक खण्ड कालोपत्र सुरु

धनगढी । धनगढी–दिपायल द्रुत मार्गअन्तर्गत धनगढी–स्याउले सडक खण्डमा कालोपत्र गर्ने काम सुरु भएको