कात्तिक १८ गतेदेखि काठमाडौंमा पोषणसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन हुने



काठमाडौं । ‘मानव र पृथ्वीलाई सँगै पोषित गर्दै’ भन्ने नाराका साथ पोषण विस्तार अभियानअन्तर्गतको दोस्रो अन्तर्राष्ट्रिय सम्मेलन नेपालमा हुने भएको छ ।

नेपाल सरकार र सन मुभमेन्टको संयुक्त आयोजनामा हुने सम्मेलनमा ८० भन्दा बढी मुलुकका प्रतिनिधि सहभागी हुनेछन् । त्यस्तै संयुक्त राष्ट्रसङ्घीय निकायका प्रमुख र क्षेत्रीय सङ्गठन, नागरिक समाज, विकास साझेदार र निजी क्षेत्रका प्रतिनिधिको पनि सम्मेलनमा सहभागिता रहने राष्ट्रिय योजना आयोगले जनाएको छ ।

आगामी कात्तिक १८ देखि २१ गतेसम्म चल्ने सम्मेलनमा विश्वका एक हजारभन्दा बढी सहभागीले न्यूनपोषण र मोटोपनसहित कुपोषण अन्त्य गर्न विश्वभरि भइरहेका प्रयासबारे छलफल गर्नेछन् ।

सम्मेलनले मानव र पृथ्वीलाई नै सुपोषित गर्ने रुपान्तरणकारी सरकारी प्रतिबद्धतालाई कार्यान्वयन गर्न सघाउ पु¥याउने विश्वास गरिएको छ । सम्मेलनले पोषणक्षेत्रमा काम गर्ने प्रमुख सरोकारवालालाई एक ठाउँमा ल्याई सबै प्रकारका कुपोषणलाई इतिहासमा सीमित गर्दै दीगो विकास लक्ष्य प्राप्तितर्फ उन्मुख गराउन महत्वपूर्ण योगदान गर्ने आयोगका प्रवक्ता डा किरण रुपाखेतीले जानकारी दिए ।

सन मुभमेन्टको शुरुवाती चरणको सदस्यकै रुपमा सन् २०११ मा सहभागी भएपछि नेपालले कुपोषण घटाउने कार्यमा उल्लेख्य प्रगति हासिल गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा दिनुपर्छ : उपराष्ट्रपति यादव

बारा। उपराष्ट्रपति रामसहायप्रसाद यादवले नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउनुपर्नेमा जोड दिएका छन्

कञ्चनजङ्घा हिमाल हेर्न माईजोगमाईमा पर्यटक

इलाम। विगतका वर्षहरूमा न्यून सङ्ख्यामा पर्यटकको चहलपहल हुने माईजोगमाईमा यतिबेला आन्तरिक तथा बाह्य

के रेबिज खोप चौबिस घण्टाभित्र लगाइसक्नुपर्ने हो ?

-डा. शेरबहादुर पुन केही दिन अगाडि एक वयस्क महिला छोरालाई कुकुरले टोकेपछि हस्याङ्गफस्याङ

स्वास्थ्यमन्त्री पौडेलद्वारा वीर अस्पतालको सेवा सुधारका लागि कार्यदल गठन

काठमाडौं । वीर अस्पतालको सेवा सुधार गर्नका लागि स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले