नेपालमा पहिलो पटक ‘अन्तराष्ट्रिय तमू सम्मेलन’ आयोजना हुने



नेपालमा पहिलो पटक ‘अन्तराष्ट्रिय तमू सम्मेलन’ आयोजना हुने भएको छ ।

विश्वभरमा छरिएर रहेका तमू समुदायको एकता, अस्तित्व र पहिचान कायम गर्ने उद्देश्यका साथ आगामी असोज २४ र २५ गते काठमाडांैमा पहिलो पटक उक्त सम्मेलन आयोजना हुन लागेको हो ।

शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गरी गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादवले अन्तराष्ट्रिय सम्मेलनको उद्घाटन गर्ने जानकारी गराइएको छ ।

विश्वभरमा छरिएर रहेका तमू समुदायको एकता, अस्तित्व र पहिचान कायम गराउने मुख्य उद्देश्यसहित काठमाडौंमा उक्त अन्तराष्ट्रिय सम्मेलन आयोजना गर्न लागिएको सम्मेलन मूल आयोजक समितिका अध्यक्ष रेशम तमूले जानकारी दिए ।

२ दिनसम्म चल्ने सम्मेलनमा विश्वका ४० वटा भन्दा बढि राष्ट्रका तमू प्रतिनिधिहरु सहभागी हुनेछन ।

सम्मेलनमा आदिवासी जनजातिसम्बन्धि संयुक्त राष्ट्र संघीय मानव अधिकार आयोगको विश्वव्यापी घोषणा पत्र, तमू समुदायको उत्पत्ति, भाषा र संस्कृतिका विषयमा विज्ञहरुले कार्यपत्र प्रस्तुत गर्ने कार्यक्रम पनि तय गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
ललितपुरमा पानीपुरी बिक्रीमा रोक

ललितपुर । ललितपुर महानगरपालिकाले हैजा नियन्त्रणका लागि पानीपुरी बिक्रीवितरणमा रोक लगाएको छ ।

काठमाडौंबाट पेस्तोल र गोलीसहित दुईजना पक्राउ

काठमाडौं । प्रहरीले काठमाडौँको नयाँ बसपार्कबाट पेस्तोल र गोलीसहित दुई जनालाई पक्राउ गरेको

महाकाली सन्धि भएको २६ वर्षपछि मूल नहरमा पानी

शेरबहादुर सिंह, महेन्द्रनगर । नेपाल–भारत एकीकृत महाकाली सन्धि भएको २६ वर्षपछि नेपालले महाकाली

छतमा लुगा उठाउन जाँदा लडेर मृत्यु

महोत्तरी । महोत्तरी जिल्लाको गौशाला नगरपालिका–५ मा गए राति दुईतले घरको छतबाट लडेर