औषधि उत्पादक सङ्घको साधारणसभा असोज अन्तिम साता
काठमाडौं । नेपाली औषधि उत्पादक व्यवसायीको छाता सङ्गठन नेपाल औषधि उत्पादक सङ्घको अधिवेशन एवम साधारणसभा असोज २९ गते काठमाडाँैमा हुने भएको छ । हाल सङ्घमा ५३ व्यवसायी आवद्ध छन् ।
अधिवेशनले नयाँ नेतृत्वको चयन गर्ने सङ्घका अध्यक्ष दीपक दाहालले जानकारी दिए । केही कार्यकाल यता सङ्घको नेतृत्व चयन सर्वसम्मत रुपमा हुँदै आएको छ ।
यस पटकको अधिवेशनमा व्यवसायीले औषधिको मूल्य समायोजन, नयाँ उद्योग स्थापनाका लागि कर, औषधि उत्पादनका लागि आवश्यक उपकरण आयातमा भन्सार छुटलगायत विषय सम्बोधन गर्न सरकारसँग माग गर्नेछन् ।