प्रसूति गृहमा कुरुवाघर सञ्चालन



काठमाडौँ । प्रजनन् सेवा र शिक्षाको केन्द्रीय अस्पताल परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालले बिरामीका आफन्त बस्न कुरुवाघर सञ्चालनमा ल्याएको छ ।

अस्पतालले आफ्नो स्थापनाको ६० वर्षपछि सञ्चालनमा ल्याएको व्यवस्थित कुरुवाघरमा पुरुष बस्न सक्नेछन् । कुरुवाघरमा महिलाका लागि ३५ र पुरुषका लागि ३५ गरी ७० श्यया छुट्याइएको छ ।

अस्पतालका निर्देशक प्राडा जागेश्वर गौतमका अनुसार १० करोडको लागतमा कुरुवाघरको निर्माण सम्पन्न भएको हो । कुरुवाघरमा बिरामीका आफन्तले निःशुल्क रुपमा उपभोग गर्न पाउनेछन् ।

विसं २०१६ भदौ ६ गते ४० श्ययाबाट अस्पतालको सेवा शुरु भएको र हाल विस्तार भई ४८९ पुगेको छ । अस्पतालका कार्यकारी निर्देशक गौतमले अस्पतालमा दैनिक ६६ महिला सुत्केरी हुने र तीमध्ये २१ जनाको शल्यक्रियाबाट हुने गर्दछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
अयोध्यामा नेपाल-भारतको आध्यात्मिक एकता : महायोगी सिद्धबाबाको शोभायात्राले जगायो आत्मगौरव र चेतनाको लहर

अयोध्या, उत्तर प्रदेश । भारतको अयोध्यामा जेठ १८ गतेदेखि जारी ‘सुरत शब्दयोग ध्यान

शिलान्यासको छ वर्षपछि बल्ल नमूना सदरमुकाम निर्माण थालियो

त्रिवेणी । शिलान्यासको ६ वर्षपछि नवलपरासी (बर्दघाट सुस्ता पूर्व) नवलपुरको नमूना सदरमुकाम निर्माणले

सम्झौता म्याद अगावै कालोपत्र सम्पन्न

तनहुँ । देवघाट गाउँपालिका–५ स्थित वडा कार्यालयदेखि ठिमुरा पुलसम्मको सडकमा ठेक्का सम्झौता म्याद

विदेशको कमाइ छाडेर कृषिमा रमाएका देउकुमार

झापा। “देशमै केही गर्न सकिन्छ भन्ने विश्वास लिएर फर्किएको थिएँ”, देउकुमार लिम्बुले विगत