दश दिन मनसुन अझै रहने



काठमाडौं । नेपालमा मनसुन प्रवेश गर्ने औसत मिति जुन १० मानिन्छ भने सामान्यतया सेप्टेम्बर २३ सम्म मनसुन कायम रहन्छ । मनसुनको अहिलेको सक्रियता हेर्दा अझै १० दिन मनसुन कायम रहने सङ्केत देखिएको छ ।

यो वर्ष नेपालमा मनसुन १० दिन ढिला अर्थात् जुन २० मा प्रवेश गरेको थियो ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार नेपालबाट मनसुन यो दिनबाट बाहिरिन्छ भनेर किटानी गर्न नसकिए पनि अहिले नै बाहिरिने सङ्केत भने देखिँदैन । मनसुन अन्त्य हुनाका लागि मनसुनको न्यून चापीय रेखा बिस्तारै हट्दै जानुपर्छ र दक्षिण पूर्वी हावाको सट्टा पश्चिमी हावा बहन शुरु हुनुपर्छ ।

अहिले पनि मनसुन सक्रिय रही सामान्य वर्षा भइरहेकाले मनसुन अझै हप्ता÷१० दिनसम्म कायम रहने सङ्केत देखिएको महाशाखाका वरिष्ठ मौसमविद् शान्ति कँडेल बताउँछन् ।

उनी भन्छन्, “मनसुन सधैँ एकै समय सकिन्छ भन्ने हँुदैन मनसुन औसतमा सेप्टेम्बर २३ मा बाहिरिनुपर्ने हो । कहिले त्योभन्दा अगाडि र पछाडि हुन्छ ।”

पछिल्लो केही वर्षको तथ्याङ्क हेर्दा नेपालमा सेम्टेम्बरमा मनसुन नसकिएर अक्टोबरसम्म पुग्ने गरेको छ । यस वर्ष पनि सेप्टेम्बरमा नसकिएर अक्टोबरसम्म पुग्ने सङ्केत देखिन्छ ।

विगत १८ वर्ष अवधिको मौसमी तथ्याङ्क हेर्दा नेपालमा पाँच वर्ष मात्र जुन १० अघि मनसुन प्रवेश गरेको छ भने अरू वर्ष ढिला नै प्रवेश भएको छ ।

मनसुन कायम रहने मिति पनि पछाडि धकेलिँदै गएको छ । मौसमविद्हरुले यसलाई पनि जलवायु परिवर्तनको असर हो भनेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
अयोध्यामा नेपाल-भारतको आध्यात्मिक एकता : महायोगी सिद्धबाबाको शोभायात्राले जगायो आत्मगौरव र चेतनाको लहर

अयोध्या, उत्तर प्रदेश । भारतको अयोध्यामा जेठ १८ गतेदेखि जारी ‘सुरत शब्दयोग ध्यान

शिलान्यासको छ वर्षपछि बल्ल नमूना सदरमुकाम निर्माण थालियो

त्रिवेणी । शिलान्यासको ६ वर्षपछि नवलपरासी (बर्दघाट सुस्ता पूर्व) नवलपुरको नमूना सदरमुकाम निर्माणले

सम्झौता म्याद अगावै कालोपत्र सम्पन्न

तनहुँ । देवघाट गाउँपालिका–५ स्थित वडा कार्यालयदेखि ठिमुरा पुलसम्मको सडकमा ठेक्का सम्झौता म्याद

विदेशको कमाइ छाडेर कृषिमा रमाएका देउकुमार

झापा। “देशमै केही गर्न सकिन्छ भन्ने विश्वास लिएर फर्किएको थिएँ”, देउकुमार लिम्बुले विगत