पशुबध नगरी दशैं मनाऔं



भोलि बडादशैँको पहिलो दिन घटस्थापना,
दशैँ भन्नासाथ: पिङ खेल्ने, टीका लगाउने, पारिवार/इष्टमित्र/साथीभाइ भेटघाट, लामो समयको काम/पढाइलाई गुजारेर छुट्टी मनाउने,,
अझ दशैँ भन्ने बित्तिकै जोडिने अर्को कुरा मासु(आफुसँगै/आफ्ना छोराछोरी सँगै हुर्काईएको होस् वा किनेर ल्याईएको पशु) लाई बध गर्ने र विभिन्न परिकार बनाएर खाने र रमाउने !!!

यसपालिको दशैँमा पशुबध नगरिकनै अन्य धेरै खानेकुराहरुको साथमा यस पवित्र पर्वलाई मनाउने हो भने दशैँ साँच्चिकै पवित्र हुने थियो ।
आउनुस्, सबै मिलेर हामीले भन्ने गरेको लोककल्याणकारी समाज मात्रै नभई लोक साथसाथै पशुकल्याणकारी समाजको लागि हातेमालो गरौँ ।


उच्च चेतन अवस्थाका हामी मानव ईन्द्रिय तृप्तिको लागि मात्रै नभई सबै आनन्दले रमाउन सक्ने सुन्दर संसारको सुरुवातमा सँगसँगै अगाडि बढौँ । यसको लागि आफैंबाट र आफ्नो परिवारबाटै शुरु गरौँ


पशुलाई पशुकै स्थान ठीक छ, हामी त मान्छे,,,
हामी पशु बन्ने प्रयास गर्दै नगरौं ।
सात्विक भोजननै हाम्रो लागि पर्याप्त छ नि !!!

एउटा कुरा,,
तपाईंले अनि मैले,
नचाहेरै पनि जिन्दगीको सबैभन्दा मूल्यवान बस्तु गुमाउनै पर्दछ, त्यसकारण पनि प्राणी बध नगर्ने र कसैलाई गर्न विवश नबनाउने कुराको लागि प्रण गरौँ ।

तपाईंहरू सबैको कल्याण होस् ।
सबै पशुको पनि कल्याण होस् ।

उदयराज ढकाल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
दशैंका लागि असोज दोस्रो साता अग्रिम टिकट खुलाइने

काठमाडौँ । सरकारले दशैँ, तिहार, छठलगायत चाडपर्वमा घर जान चाहने नागरिकलाई लक्ष गरी

ट्रक दुर्घटना हुँदा तनहुँमा चालकको मृत्यु

दमौली । पृथ्वी राजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–१ मुसेखोलामा शुक्रबार बिहान ट्रक दुर्घटना हुँदा

प्रधानसेनापति शर्माद्वारा रथी कार्कीलाई दज्र्यानी चिह्न प्रदान

काठमाडौं । प्रधानसेनापति महारथी प्रभुराम शर्माले रथी दर्जामा पदोन्नति भएका बालकृष्ण कार्कीलाई दज्र्यानी

२५ किलो सालकको खपटासहित दुईजना पक्राउ

काठमाडौं । प्रहरीले २५ किलो सालकको खपटासहित बिहीबार दुई जनालाई पक्राउ गरेको छ