बाथमुटु रोग अनुसन्धान गर्न डा. रेग्मीद्वारा १० लाखको अक्षयकोष स्थापना



काठमाडौं । वरिष्ठ मुटुरोग विशेषज्ञ चिकित्सक डा प्रकाशराज रेग्मीले बालबालिकामा देखिने बाथमुटु रोगको अध्ययन, अनुसन्धान तथा निवारण गर्न सहयोग पुर्याउन ‘बाथ, मुटुरोग अनुसन्धान कोष’को स्थापना गरेका छन् ।

नेपाल हृदयरोग निवारण केन्द्रमार्फत कोष सञ्चालन हुुने सो कोषमा उनले १० लाख रुपैयाँ प्रदान गरेका छन् । कोषको रकम १० वर्षभित्र एक करोड पुर्याइने लक्ष्यसमेत राखिएको छ ।

पछिल्लो समय नेपालमा बाथमुटु रोगको अवस्था बढ्दो रहेकाले यसका बारेमा जनचेतना, अनुसन्धान र रोकथाम गर्न सामूहिक प्रयासको आवश्यकता भएकाले कोष स्थापना गरी नयाँ कार्यको शुरुवात गरेको उनले बताए ।

कोषको व्याजबाट प्राप्त रकम बाथमुटुरोगको अध्ययन, अनुसन्धान, निवारण गर्न तथा यी कार्यमा काम गर्ने व्यक्ति तथा संस्थालाई पुुरस्कृत गरिनेछ । प्रतिष्ठानका अनुसार नेपालमा एक प्रतिशत बालबालिकामा बाथ मुटुरोगको समस्या रहेको अनुमान रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
पर्यटक तान्दै सल्यानको कुपिण्डे दह(फोटोफिचर)

सल्यानको बनगाँड कुपिन्डे नगरपालिका-८ स्थित पर्यटकीयस्थल कुपिन्डे दहमा डुङ्गा सयर गर्दै आन्तरिक पर्यटकहरु

आहा ! अङ्गुरखेती

तनहुँ । तनहुँको घिरिङ गाउँपालिका–४ स्थित बाह्रबिसेमा गत वर्षदेखि करिब ७० रोपनी क्षेत्रफलमा

अयोध्यामा हिमालयन सिद्ध महायोगको उद्घोष: नेपाल-भारत सम्बन्धको आध्यात्मिक सेतु

अयोध्या, उत्तर प्रदेश, भारत । जेष्ठ १८ गतेदेखि भारतको ऐतिहासिक तीर्थक्षेत्र श्रीराम जन्मभूमि

भारतबाट फर्केका तीन जनामा कोरोना पुष्टि

बैतडी । भारतबाट फर्किएका सुदूरपश्चिम प्रदेशका तीन जनामा कोभिड सङ्क्रमण पुष्टि भएको छ।