बैतडीमा बस दुर्घटना हुँदा २१ जना घाइते



बैतडी । बैतडीमा शनिबार बिहान बस दुर्घटना हुँदा २१ जना घाइते भएका छन् । घाइतेमध्ये सात जनाको अवस्था गम्भीर रहेको छ । घाइते हुनेमा कञ्चनपुरको भीमदत्त नगरपालिका घर भएका ३३ वर्षीया सीतादेवी चन्द, ६६ वर्षीय किसन दयाल, १२ वर्षीय साजन दयाल, १५ वर्षीय नरेश सेरला, ३१ वर्षीया दिवानी ओड रहेका छन् ।

यस्तै गाडीका सहचालक डडेल्धुराका २७ वर्षीय केशव साउँद र ५५ वर्षीय भारतीय नागरिक जगतसिंह चौहान पनि घाइते भएको इलाका प्रहरी कार्यालय पाटनका प्रहरी नायब निरीक्षक वीरभद्र खडायतले जानकारी दिए ।

गम्भीर भएका सातै जनालाई जिल्ला बाहिर ‘रेफर’को तयारी भएको उहाँले बताउनुभयो । अन्य घाइतेको अवस्था सामान्य रहेको छ । महेन्द्रनगरबाट मेलौलीका लागि छुटेको महाकाली यातायातको ना ४ ख ४०१९ नं बस बैतडीको पाटन–मेलौली सडकखण्डको पाटन ६ लोर्खामा शनिबार बिहान ३ बजे दुर्घटनामा परेको हो ।

बसका चालक फरार रहेका छन् । सडकमा रहेका खाल्डाखुल्डीका कारण बसलाई छेउबाट चलाउन खोज्दा दुर्घटनामा परेको प्रहरीले जनाएको छ । बसमा ३० जना यात्रु सवार रहेका थिए । बस सडकभन्दा १० मिटरमात्रै तल खसेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
वीरगञ्जको निषेधाज्ञा शुक्रबारदेखि हटाइने

वीरगञ्ज । जिल्ला प्रशासन कार्यालय पर्साले शुक्रबार बिहानदेखि वीरगञ्ज महानगर क्षेत्रमा लगाइएको निषेधाज्ञा

धरानमा चुनकुमारीको हत्या उनकै श्रीमानको योजनामा भएको खुलासा, ६ जना पक्राउ

धरान । चुनकुमारी बुढाथोकीको हत्या प्रकरणमा प्रहरीले ६ जनालाई पक्राउ गरी बिहीबार सार्वजनिक

पाँच किलो गाँजासहित त्रिभुवन विमानस्थलबाट श्रीलङ्काली नागरिक

काठमाडौँ । अवैध लागुऔषध गाँजा लिएर श्रीलङ्का प्रस्थान गर्न लागेको एक श्रीलङ्काली नागरिक

यस्तो छ सुमनाको राजीनामा पत्र

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सहमहामन्त्री सुमना श्रेष्ठले पदबाट राजीनामा दिएकी छन्