५८ प्रतिशत महिलाद्वारा असुरक्षित गर्भपतन



काठमाडौं । सुरक्षितभन्दा असुरक्षित गर्भपतन सेवा लिनेको सङ्ख्या बढीरहेको छ । अहिले पनि ५८ प्रतिशत महिलाले असुरक्षित र ४२ प्रतिशतले मात्र सुरक्षित गर्भपतन सेवा लिइराखेको स्वास्थ्य सेवा विभाग परिवार स्वास्थ्य महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार देशभरका एक हजार ३०० सूचीकृत गर्भपतन सेवा केन्द्रबाट गत वर्ष करीब एक लाख महिलाले गर्भपतन गराएका थिए । तीमध्ये ११ प्रतिशत त किशोरी नै रहेका छन् ।

मातृ मृत्युको प्रमुख चार कारणमध्ये असुरक्षित गर्भतन एक मानिन्छ । सरकारले गर्भपतन सेवा निःशुल्क गरेको छ । औषधि र सामान्य शल्यक्रियाका माध्यमबाट गर्भपतन गराइन्छ । हाल १२ हप्तामाथिको गर्भपतन सेवा देशका २९ अस्पतालमा मात्र उपलब्ध रहेको छ ।

पाँचौँ सुरक्षित गर्भपतन दिवसका अवसरमा शुक्रबार महाशाखाद्वारा काठमाडौंमा आयोजित कार्यक्रममा महाशाखाका प्रमुख भीमसिंह तिङ्करीले सुरक्षित गर्भपतन सेवा २०६९ सालदेखि शुरु भएपछि हालसम्म १३ लाखले सुरक्षित गर्भपतनको सेवा लिएको जानकारी दिए ।

असुरक्षित गर्भपतनका कारण विभिन्न रोगका जटिलता आउने गर्दछ । असुरक्षित गर्भपतन जनस्वास्थ्यको प्रमुख समस्याका रूपमा रहेको छ । जनसाङ्ख्यिक तथा स्वास्थ्य सर्वेक्षण २०१६ का अनुसार नेपालमा प्रजनन् उमेर समूहका १५ देखि ४९ वर्षसम्मका महिलामध्ये २० वर्ष मुनिका १७ प्रतिशत किशोरी गर्भवती हुने गरेका छन् ।

गत वर्ष नेपालमा करीब १२ लाख महिला गर्भवती भएका थिए । तीमध्ये ४५ प्रतिशत अर्थात पाँच लाख ३९ हजार गर्भ अनिच्छित रहेको महाशाखा प्रमुख चिकित्सक तिङ्करीले कार्यक्रममा जानकारी दिए । साठ्ठी वर्षमा परिवार नियोजनको आधुनिक साधन प्रयोगदर ४३ प्रतिशत र पहुँच ५३ प्रतिशतमाथि उक्लिन सकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
स्वास्थ्य संस्था सञ्चालन मापदण्ड परिमार्जन गर्न समिति गठन

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले स्वास्थ्य संस्था सञ्चालन मापदण्ड परिमार्जन गर्न गुणस्तर

ताप्लेजुङका स्थानीय तह याक प्रवर्द्धनमा जुट्दै

फुङ्लिङ (ताप्लेजुङ) । दुर्गम हिमाली भेगमा परम्परागत रूपमा पालिँदै आइएको चौँरी (याक) पालन

खोटाङको जन्तेढुङ्गा पूर्ण खोप सुनिश्चितता गाउँपालिका

खोटाङ । खोटाङको  जन्तेढुङ्गा गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना गाउँपालिका घोषणा गरिएको

म्याग्दीको अन्नपूर्णमा पाँच करोड खर्चेर निर्माण भएको पालिकास्तरीय अस्पताल भवन प्रयोगविहीन

म्याग्दी । अन्नपूर्ण गाउँपालिका–१, दोबामा  पाँच करोड बढी खर्चेर निर्माण भएको पालिकास्तरीय अस्पताल