किर्ते कागज बनाइ जग्गाको मूल्याङ्कन गराउने कन्सल्टेन्सीका कर्मचारी पक्राउ



काठमाडौं । बैंकिङ कसुर मुद्दाका संलग्न रहेका एक कन्सल्टेन्सीका कर्मचारीलाई प्रहरीको केन्द्रीय अनुसन्धान यूरो (सिआइवी) पक्राउ गरेको छ ।

एक ठाउँको जग्गाको कागजात बनाइ अर्को ठाउँको जग्गा राखेर बैंक अफ काठमाडौँबाट ऋण लिने क्रममा झुटा विवरणअनुसार जग्गाको मूल्याङ्कनमा गर्ने एभरेष्ट इञ्जियीनरिङ कन्सल्टेन्सी विराटनगरका कर्मचारी भेषराज खत्रीलाई पक्राउ गरिएको हो ।

फरार रहेका उनलाई पक्राउ गरी बिहीबार ललितपुर जिल्ला अदालतमा पेश गरिएको सिआइवीका प्रवक्ता प्रहरी उपरीक्षक बेलबहादुर पाण्डेले जानकारी दिए ।

जग्गाको काजगात कीर्ते गरेर ऋण प्रवाह गरेको आरोपमा यसअघि बैंक अफ काठमाडौँका पूर्वप्रमुख कार्यकारी अधिकृतसहित ११ जनालाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइवी)ले पक्राउ गरिसकेको छ ।

पक्राउ पर्नेमा बैंकका पूर्वप्रमुख कार्यकारी अधिकृत अजय श्रेष्ठ र ऋणी सुरेन्द्र श्रेष्ठसहित केही बैंकका पूर्वकर्मचारी र केही बहालवाला कर्मचारी पनि छन् ।

उनीहरुले मिलेमतोमा खोलाको जग्गाको नक्कली कागजात बनाएर सुरेन्द्र श्रेष्ठलाई ऋण दिएको प्रहरीको अनुसन्धानमा खुलेको छ । उनीहरुले तीन वर्षअघि कीर्ते गरेर करोडौँ रकम ऋणको रुपमा निकासा गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
निराशालाई आशामा बदल्दै दार्चुलाको मालिकार्जुन गाउँपालिका

दार्चुला । दार्चुलाको मालिकार्जुन गाउँपालिकाले शिक्षा क्षेत्रमा गरिरहेको लगानी र प्रभाव बिस्तारै देखिने

कर्णालीमा हरेक वर्ष बग्छन् करोडौँका काठ

कैलाली । विसं २०८० माघ १० गते सरोज गोडिया पक्राउ परे। उनलाई कर्णाली

कृषि उपजको बजारीकरणका लागि कृषि एम्बुलेन्स सञ्चालन

भोजपुर । पौवादुङमा गाउँपालिकाले कृषि एम्बुलेन्स सञ्चालनमा ल्याएको छ । किसानले उत्पादन गरेको

वन्यजन्तुले बाली नोक्सान गर्न थालेपछि धान लगाउने खेतमा माछापालन

नवलपरासी  ।वन्यजन्तुले बालीनालीमा क्षति पुर्‍याएपछि मध्यवर्ती वन सीमासँग जोडिएका किसान माछापालनतर्फ लागेका छन्