म्हपूजा कात्तिक १२ मा गर्ने मंका खलको निर्णय



काठमाडौं । नेपाल भाषा मंका खलले नेपाल संवत् अनुसारको नयाँ वर्षको प्रथम दिन कछलाथ्व प्रतिपदाका दिन नै म्हपूजा मनाउने निर्णय गरेको छ ।

खलका सचिव नरेशवीर शाक्यले जारी गरेको विज्ञप्तिमा आगामी कात्तिक १२ गते कछलाथ्व प्रतिपदाका दिन नेपाल संवत् ११४० तथा म्हपूजा मनाउने निर्णय गरेको जनाएको छ ।

त्यस्तै कात्तिक ११ गते कौलागा औँशीका दिन लक्ष्मी पूजा तथा कछलाथ्व द्वितीयाका दिन कात्तिक १३ गते बुधबार भाइटीका गर्ने निर्णय पनि गरेको छ । सो अनुसार चाडपर्व मनाउन नेवार समुदायलाई आग्रह गरेको छ ।

शताब्दी पुरुष सत्यमोहन जोशीले पञ्चाङ्ग निर्णायक समितिलाई तिथिको गणितमात्र नभई परम्परादेखि चल्दै आएको व्यवहारलाई पनि ध्यान दिन आग्रह गरे । प्राध्यापक डा त्रिरत्न मानन्धरले तिथिमा आधारित परम्परा व्यवहारमा लागू गर्ने उपाय स्पष्ट रहेको बताए ।

धर्मोदय सभाका अध्यक्ष यज्ञमानपति बज्राचार्यले नेवार समुदायमा लक्ष्मीपूजा, म्हपूजा तथा किजापूजा तीन दिन मनाउने चलन परम्परागत संस्कृति रहेको बताउँदै सोअनुसार स्वन्तिपर्व मनाउनुपर्ने बताए ।

नेपाल संवत् सदा कछलाथ्व प्रतिपदाका दिन परिवर्तन हुने र यसै दिन नेवारले म्हपूजा गर्ने चलन सयौँ वर्षदेखि व्यवहारमा रहँदै आएको छ । खलले नेपाल सरकारले पनि सोहीअनुसार बिदा दिन माग गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
निराशालाई आशामा बदल्दै दार्चुलाको मालिकार्जुन गाउँपालिका

दार्चुला । दार्चुलाको मालिकार्जुन गाउँपालिकाले शिक्षा क्षेत्रमा गरिरहेको लगानी र प्रभाव बिस्तारै देखिने

कर्णालीमा हरेक वर्ष बग्छन् करोडौँका काठ

कैलाली । विसं २०८० माघ १० गते सरोज गोडिया पक्राउ परे। उनलाई कर्णाली

कृषि उपजको बजारीकरणका लागि कृषि एम्बुलेन्स सञ्चालन

भोजपुर । पौवादुङमा गाउँपालिकाले कृषि एम्बुलेन्स सञ्चालनमा ल्याएको छ । किसानले उत्पादन गरेको

वन्यजन्तुले बाली नोक्सान गर्न थालेपछि धान लगाउने खेतमा माछापालन

नवलपरासी  ।वन्यजन्तुले बालीनालीमा क्षति पुर्‍याएपछि मध्यवर्ती वन सीमासँग जोडिएका किसान माछापालनतर्फ लागेका छन्