दुई डिआइजीलाई दज्र्यानी चिह्न प्रदान



काठमाडौं । प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले हालै पदोन्नति भएका दुई प्राविधिक प्रहरी नायब महानिरीक्षक (डिआइजी)लाई दज्र्यानी चिह्न प्रदान गरेका छन् ।

गृह मन्त्रालय (मन्त्रीस्तर)को २०७८ पुस १६ गतेको निर्णयले पुस १४ गतेबाट लागू हुने गरी चिकित्सकतर्फ प्राविधिक प्रहरी वरिष्ठ उपरीक्षकबाट प्राविधिक प्रहरी नायब महानिरीक्षक पदमा पदोन्नति भएका प्राविधिक प्रहरी नायब महानिरीक्षकद्वय डा सञ्जय बिक्रम श्रेष्ठ र डा गोपेशकुमार ठाकुरलाई दज्र्यानी चिह्न प्रदान गरिएको हो ।

प्रहरी महानिरीक्षक क्षेत्रीले विरामीलाई सेवा सुविधा तथा रोगको निदान गर्ने चिकित्सकको पेशागत धर्मलाई मनन गरी उनीहरूप्रति सदैव मर्यादित एवम् देवतुल्य व्यवहार गर्नेतर्फ चनाखो हुन निर्देशन पनि दिए ।

उनले पदोन्नतिसँगै जिम्मेवारीसमेत बढ्ने भएकोले आफ्नो कार्य क्षमतालाई फराकिलो बनाइ सङ्गठनले खोजेको र सेवाग्राहीले पाउने उपचार पद्धतीलाई अझै उत्कृष्ट बनाउन पनि आग्रह गरे । सरुवा बढुवालगायत सेवा सुविधाका लागि सङ्गठनमा एउटा प्रणाली विकसित गरिएको चर्चा गर्दै उनले हरेक प्रहरी कर्मचारीलाई नियम कानुन बमोजिम न्याय दिने सङ्गठनको ध्येय रहेको बताए ।

उनले प्रहरी अस्पतालको सेवा तथा चिकित्सकको व्यवहारलाई स्मरणयोग्य बनाउनुपर्नेमा जोड दिनुपर्ने जोड दिए । पदोन्नती भएका प्र्रहरी नायव महानिरीक्षक डा सञ्जय बिक्रम श्रेष्ठले आफूलाई थप जिम्मेवारी बोध भएकाले जिम्मेवारीलाई हृदयदेखि मनन्गरी पेशागत कार्यक्षमताका साथ उत्कृष्ट ढङ्गले काम गर्ने प्रतिवद्धता व्यक्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
प्रधानसेनापतिद्वारा उपरथी जिसीलाई दज्र्यानी चिह्न प्रदान

काठमाडौँ । प्रधानसेनापति अशोकराज सिग्देलले नेपाली सेनाको उपरथीमा हालै पदोन्नति भएका कृष्णबहादुर जिसीलाई

भारतीय सेनाका पूर्व स्थल सेनाध्यक्षहरु स्वदेश फिर्ता

काठमाडौँ । नेपाली सेनाको निमन्त्रणामा महाशिवरात्रि तथा नेपाली सेना स्थापनाको २६२औँ वार्षिकोत्सवका अवसरमा

२८ जना प्रहरी निरीक्षकका लागि सशस्त्र प्रहरीद्वारा दरखास्त आह्वान

काठमाडौं । सशस्त्र प्रहरी बलले २८ जना प्रहरी निरीक्षकका लागि दरखास्त आह्वान गरेको

नेपाली सेनाले यसरी मनायो टुँडिखेलमा सैनिक दिवस(फोटोफिचर)

काठमाडौं । नेपाली सेनाले २६२औँ स्थापना दिवस तथा शिवरात्रि विशेष कार्यक्रम गरी मनाएको