बाँकेको कोहलपुरमा सशस्त्र प्रहरीको स्कुल स्थापना



बाँके । सशस्त्र प्रहरीले बाँके कोहलपुर नगरपालिका–२ बर्दवामा एपिएफ स्कुल स्थापना गरेको छ । सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले बिहीबार सुरुवात गरेका छन् । विद्यालयमा यसै शैक्षिकसत्र देखि अनलाईन विधिबाट कक्षा ४ र ५ का विद्यार्थी छनोट गरी कुल ५८ जना विद्यार्थीलाई अनलाईन कक्षा संचालन भईरहेको छ ।

महानिरीक्षक खनालले राजधानी बाहिर यस्ता विद्यालय संचालन गरिँदा सशस्त्र प्रहरी कर्मचारी एवं स्थानीय नागरिकका सन्ततीको गुणस्तरीय शिक्षादीक्षामा योगदान पुग्ने बताए ।

उनले प्रदेश स्तरमा विस्तार गर्नुपर्ने आवश्यकतालाई ध्यानमा राखी विद्यालय संचालनमा ल्याईएको बताए । उनले शिक्षा सभ्य समाज निर्माणको आधारशिला भएको तथा शिक्षाको विकास सँगै राष्ट्र समृद्धिको बाटोमा अगाडी बढ्ने उल्लेख गर्दै विकासशील देशमा शिक्षाको विकास समग्र राष्ट्रको विकासको मेरुदण्ड रहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
प्रतिरक्षा विश्वविद्यालय पूर्वाधार निर्माण विकास समितिको म्याद थप्ने सरकारको निर्णय

काठमाडौं । सरकारले राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय पूर्वाधार निर्माण विकास समितिको म्याद एक वर्ष

नाम्सले आगामी वर्षदेखि एमबिबिएस पढाउने

  काठमाडौँ ।  चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)ले आगामी आर्थिक वर्षदेखि एमबिबिएस पढाउने

स्थानीय पाठ्यक्रम आवश्यक छ ?

डा दीपेन्द्र रोकाया । मुलुक सङ्घीय लोकतान्त्रिक गणतन्त्रको अभ्यासमा गएसँगै ७५३ स्थानीय तह

नवनियुक्त उपकुलपतिहरूलाई प्रतिस्पर्धात्मक जनशक्ति उत्पादनमा केन्द्रित हुन प्रधानमन्त्रीको निर्देशन

  काठमाडौँ ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले  योग्यताक्रमका  आधारमा विश्वविद्यालयका उपकुलपति नियुक्ति गरिएको