प्रहरी जस्तोसुकै परिस्थितिमा पनि जिम्मेवारीबाट विमुख हुन सक्दैनः डिआइजी पोखरेल



काठमाडौं । महानगरीय प्रहरी कार्यालय काठमाडौँका प्रमुख डिआइजी विश्वराज पोखरेलले नेपाल प्रहरी जस्तोसुकै परिस्थितिमा पनि जिम्मेवारीबाट विमुख हुन नसक्ने बताएका छन् ।

आइतबार महानगरीय ट्राफिक प्रहरी महाखाकाको मेस भवन तथा सफ्टवेयर उद्घाटन गर्दै उनले नागरिकको सुरक्षाको पूर्णप्रत्याभूति दिलाउने महत्वपूर्ण अभिभारा बोकेका प्रहरी जस्तो सुकै परिस्थितिमा पनि जिम्मेवारीबाट विमुख हुन नसक्ने बताएका हुन् । पोखरेलले हरेक प्रहरीले नागरिकको चित्त नदुखाउने प्रणका साथ सेवा गर्नुपर्ने बताए ।

उनले कसैको दबाब र प्रभावमा नपरी मनबाटै असल प्रहरी बन्छु भनेर प्रतिबद्ध हुन मातहतका प्रहरीलाई निर्देशन दिए । कोभिड–१९ को सङ्क्रमण बढ्दो रहेको परिस्थितिमा प्रहरीको जिम्मेवारी थपिएको स्मरण गराउँदै पोखरेलले जटिल अबस्था आइपरेमा पनि नागरिकेको सुरक्षाबाट प्रहरी भाग्न नसक्ने बताए ।

कार्यक्रममा महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले आवश्यक कमजोरी हटाउँदै उपत्यकाको ट्राफिक व्यवस्थापन सुधारमा कटिबद्ध भएर लागि परेको जानकारी दिए । महाशाखामा निर्माण भएको प्रहरी अधिकृत तथा जवानको संयुक्त मेस झण्डै १४ लाख रुपैयाँको लागतमा निर्माण भएको हो । त्यस्तै हराएका, फेला परेका तथा चोरी भएका सवारी साधनको अभिलेख व्यवस्थापनसम्बन्धि सफ्टवेयरबाट काम सुरु भएसंगै त्यस्ता सवारीको खोजीका लागि नागरिकले अनलाइनबाटै निवेदन दिन सक्ने महाशाखाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
तिहारमा उपत्यकाको सुरक्षामा प्रहरीको उच्च निगरानी, पाँच हजार सुरक्षाकर्मी परिचालन

काठमाडौँ ।  गृह मन्त्रालयले चाडपर्वलाई शान्तिपूर्ण बनाउन आवश्यक सुरक्षा योजना लागू गरी उच्च

बुधबार बिदा हुन लागेकी राणा एआईजीमा बढुवा, राति नै लगाइयो फूली

काठमाडौं । प्रहरी नायव महानिरीक्षक(डीआईजी)बाट प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)पदमा पदोन्नति भएका किरण राणा

नागरिकको आशा र अपेक्षालाई पूरा गर्ने ढङ्गबाट परिचालित हुन महानिरीक्षक अर्यालको निर्देशन

काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले कुनै प्रभावमा नपरी जनसेवामा खटिन नवनियुक्त