साग र उपनिर्वाचनको सुरक्षामा कुनै सम्झौता नगर्न महानिरीक्षक खनालको निर्देशन



काठमाडौं । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले अन्तर्राष्ट्रियस्तरको खेलकूद प्रतियोगिता तथा उपनिर्वाचन हुने स्थानमा शान्ति सुरक्षामा कुनै किसिमको कमी कमजोरी नगर्न प्रहरीलाई निर्देशन दिएका छन् ।

यही मङ्सिर १५ देखि २४ सम्म हुन गइरहेको १३औँ दक्षिण एसियाली खेलकुद (साग) तथा मङ्सिर १४ गते केही स्थानमा हुने उपनिर्वाचनको सुरक्षा व्यवस्थापनका विषयमा शुक्रबार महानगरीय प्रहरी कार्यालय तथा मातहतका प्रहरी कर्मचारीलाई निर्देशन दिँदै प्रहरी महानिरीक्षक खनालले राष्ट्र र नागरिकप्रति समर्पित भई राज्यले सुम्पेको जिम्मेवारी निर्वाह गर्न आग्रह गरेका हुन् ।

नेपाल प्रहरी कुनै पनि चुनौतीको सामना गर्न सक्षम रहेको चर्चा गर्दै उनले विगतका अनुभव र अभ्यासको उपयोग गर्दै थप संवेदनशिल भई व्यावसायिकता प्रदर्शन गर्न निर्देशन दिए ।

नेपालमा आयोजना हुन लागेको सागको सुरक्षा प्रदान गर्ने दायित्वलाई अवसरका रुपमा लिई जिम्मेवारी वहन गर्न आग्रह गर्दै उनले समाजमा शान्ति सुरक्षा कायम गरी नागरिकलाई सुरक्षित बनाउनु प्रहरीको मुख्य जिम्मेवारी रहेको बताए ।

खेलकुद प्रतियोगिताको अवधिमा सुरक्षा व्यवस्थाप्रति सबै प्रहरी कर्मचारीले त्रुटिरहित तरिकाले खेलाडीको सुरक्षा, निवासस्थान, समारोहस्थल, खेल मैदानका साथै ट्राफिक व्यवस्थापनसमेतमा उत्तिकै सक्रिय भई कार्यसम्पादन गर्न उहाँले प्रहरी अधिकृतलाई निर्देशन दिए । उनले सम्भावित घटना तथा अवाञ्छित गतिविधिको पहिचान गरी सूचना सङ्कलन तथा विश्लेषण गर्दै प्रहरीको सक्रियता बढाउनुपर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
नेपाल प्रहरीका ११ एसएसपी डीआईजीमा बढुवा तथा पदस्थापन, को कहाँ ? (सूचीसहित)

काठमाडौं । नेपाल प्रहरीका ११ जना वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) नायब महानिरीक्षक (डीआईजी)मा

प्रदर्शनकारीमाथि बल प्रयोग गर्नुपर्ने अवस्था आए मानव अधिकारको सम्मान गर्न एआईजी तामाङको निर्देशन

काठमाडौं । नेपाल प्रहरीका प्रहरी अतिरिक्त महानिरीक्षक टेकबहादुर तामाङले काठमाडौ उपत्यकामा हुने कुनै

कृष्णमोहनका सपना साकार पार्न संगठन क्रियाशील छः आईजीपी अर्याल

काठमाडौं । सशस्त्र प्रहरी बलका प्रमुख आईजीपी राजु अर्यालले स्वर्गीय कृष्णमोहन श्रेष्ठले देखेको

सगरमाथा आरोहण गरेकी प्रहरी नायव निरीक्षक शेर्पालाई दर्ज्यानी चिन्ह प्रदान

काठमाडौँ । प्रहरी महानिरीक्षक दीपक थापाले सगरमाथाको सफल आरोहण गरेकी प्रहरी नायब निरीक्षक