नेपाल प्रहरीमा तीन हजार ५ सय ९६ दरबन्दी थप



काठमाडौं । नेपाल प्रहरीमा ३ हजार ५ सय ९६ दरबन्दी थप भएको छ । मन्त्रिपरिषद बैठकले गृह मन्त्रालयको प्रस्ताव स्वीकृत गरेसँगै प्रहरीमा दरबन्दी थपिएको हो ।

मन्त्रालयका एक अधिकारीका अनुसार दरबन्दी स्वीकृतिसँगै कार्यान्वयनका लागि प्रहरी प्रधान कार्यालयलाई पत्राचार गरिसकिएको छ ।

थपिएका दरबन्दीमा ३ प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी), चार जना प्रहरी उपरीक्षक (एसपी), २१ जना प्रहरी नायब उपरीक्षक (डीएसपी) र प्रहरी निरीक्षक (इन्स्पेक्टर) ४७ छन् ।

एसएसपी बढुवा गरेर गौतम बुद्ध विमानस्थल सुरक्षा, समुदाय प्रहरी साझेदारी कार्यक्रम र ब्याण्ड बाजाको नेतृत्व दिने प्रहरी तयारी छ । प्रहरी नायब निरीक्षक (सई) ८६, प्रहरी सहायक निरीक्षक (असई) २ सय ९७, प्रहरी हवल्दार ६ सय ८३, प्रहरी जवान २ हाजार २ सय १६ र कार्यालय सहयागीतर्फ ३ हजार ५ सय ९६ दरबन्दी थप भएको छ ।

थप गरिएको दरबन्दी जनपद र प्राविधिक दुवै गरेर हो । प्राविधिकतर्फ १ सय २९ जनाको दरबन्दी थपिएको छ । एसएसपी १, एसपी २, डीएसपी १२, इन्सपेक्टर २० लगायत गरी १२९ जनाको दरबन्दी थपिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
अफ्रिकी मुलुकका नागरिकलाई नेपाल प्रवेशमा रोक

काठमाडौँ । सरकारले अफ्रिकी नागरिकलाई नेपाल प्रवेशमा रोक लगाएको छ । अफ्रिकामा कोरोना

आठ प्रहरी उपरीक्षकलाई दर्ज्यानी चिह्न प्रदान

काठमाडौं । नेपाल प्रहरीको जनपद समूहतर्फ बढुवा भएका आठ प्रहरी उपरीक्षकलाई दज्र्यानी चिह्न

नेपाली सेनालाई भारतीय सेनाद्वारा पाँच थान ट्रक सहयोग

काठमाडौं । नेपाली सेनालाई सहयोगस्वरूप भारतीय सेनाले पाँच वटा वर्कशप ट्रक उपलब्ध गराएको

प्रहरी महानिरीक्षक क्षेत्री इन्टरपोलको ८९औं महासभामा सहभागी

काठमाडौं । प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्री इन्टरपोलको ८९औं महासभामा सहभागी भएका छन्