पद र अनुहार नहेरी निश्पक्ष छानविन गर्न प्रहरीलाई ओलीको निर्देशन



प्रधानमन्त्री केपी शर्मा ओलीले कसुरको अनुसन्धान गर्दा पद र अनुहार नहेरी निश्पक्ष छानविन गर्न नेपाल प्रहरीलाई निर्देशन दिएका छन् ।

६४ औ प्रहरी दिवसको अवसरमा शुक्रबार प्रहरी प्रधान कार्यालयमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दे प्रधानमन्त्री ओलीले कुनैपनि कसिमको दबाबमा नपरि निश्पक्ष अनुसन्धान गर्न प्रहरी संठनलाई सचेत गराएका हुन् ।

उनले अपराध अनुसन्धानको सवालमा प्रहरीले सरकारकम सहभागी सतापक्ष, राजनीतिक दल, ओहोदा, पद वा सम्पत्ति लगायतका विषयलाई हेर्न नहुने बताए ।

उनले राजनीतिक दबाबको वास्ता नगरेपछि दबाब दिनेले पनि दबाब दिन छाड्ने र निश्पक्ष न्याय निरुपणबाट समाजमा सत्य स्थापित हुने बताए । अपराधको राजनितिकरण गर्ने अनि राजनितिलाई अपराधिकरण गरि निश्पक्ष अनुसन्धान गर्न व्यवधान श्रृजना गरि प्रहरीलाई नै आरोप लगाउने प्रवृत्ति समाजमा देखिने गरेको उल्लेख गर्दै उनले त्यस्ता गतिविधिबाट प्रहरी सधै सजग हुनुपर्नेमा जोड दिए ।

उनले प्रहरी दिवस भव्य र उल्लासपुर्ण रुपमा मनाउनुपर्नेमा त्यसो हुन नसकेको भन्दै अमर प्रहरी दिवस र प्रहरी दिवश छिुट्टा छुट्टै मनाउने व्यवस्था गर्न पनि आग्रह गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सगरमाथा आरोहण गरेकी प्रहरी नायव निरीक्षक शेर्पालाई दर्ज्यानी चिन्ह प्रदान

काठमाडौँ । प्रहरी महानिरीक्षक दीपक थापाले सगरमाथाको सफल आरोहण गरेकी प्रहरी नायब निरीक्षक

सगरमाथा आरोहण गरेका शेर्पा र छत्यालको पदोन्नति

काठमाडौँ । विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका नेपाल प्रहरी र सशस्त्र

सुरक्षासँगै भैपरी आउने हरेक समस्यासँग जुध्न नेपाली सेना सक्षम छः रक्षामन्त्री राई

सोलुखुम्बु ।  रक्षामन्त्री मानवीर राईले नेपाली सेना मुलुकमा आइपर्ने हरेक किसिमका समस्या र

नेपाल प्रहरीका ११ एसएसपी डीआईजीमा बढुवा सिफारिस

काठमाडौं । नेपाल प्रहरीका ११ एसएसपी डीआईजीमा बढुवाका लागि सिफारिस भएका छन् ।