सुदूर अन्तरिक्षमा पृथ्वीभन्दा ठूला ६ वटा ग्रह फेला



बीबीसी । अनुसन्धानकर्ताहरूले ब्रह्माण्डमा ‘सर्वोत्कृष्ट सौर्यमण्डल’ फेला पारेको बताएका छन् । विभिन्न आकारका ग्रहहरू भएको हाम्रो सौर्यमण्डल बन्दा ब्रम्हाण्डमा ठूला उथलपुथलहरू भएका थिए। तर अहिले फेला परेको सौर्यमण्डल निर्माण हुँदा त्यस्तो केही नभएको अनुमान गरिएको छ ।

पृथ्वीबाट एकसय प्रकाशवर्ष टाढा रहेको उक्त ’सौर्यमण्डल’मा ६ वटा ग्रह छन्। ती सबैको आकार लगभग उत्रै छ । तिनको उत्पत्ति १२ अर्ब वर्षअघि भएको हो। तर त्यसपछि तिनमा खासै ठूलो परिवर्तन भएको छैन ।

त्यसैले ती ग्रहहरूको उत्पत्ति कसरी भयो र तिनमा जीवको अस्तित्व छ कि छैन भन्ने अध्ययन गर्न तिनलाई उपयुक्त मानिएको छ । वैज्ञानिक जर्नल ‘नेचर’ मा यो अनुसन्धान प्रकाशित भएको छ । हाम्रो सौर्यमण्डल निर्माण हुने प्रक्रिया उथलपुथलयुक्त थियो।

उत्पत्तिका क्रममा केही ग्रहहरू एकअर्कामा बज्रिएका थिए र तिनको कक्ष खलबलिएको थियो। अनि बृहस्पति र शनिजस्ता विशाल ग्रहहरू र पृथ्वीजस्ता तुलनात्मक रूपमा साना ग्रहहरू पनि बनेका थिए ।

अहिले पत्ता लागेको सौर्यमण्डललाई वैज्ञानिकहरूले एचडी ११००६७ नामकरण गरेका छन् । एचडी ११००६७ का सबै ग्रहको आकार लगभग उत्रै छ । हाम्रो सौर्यमण्डलमा भएका ग्रहहरूले सूर्यलाई परिक्रमा गर्न लाग्ने अवधि भिन्नाभिन्नै छ।

तर एचडी ११००६७ मा सबै ग्रहहरू सँगसँगै जस्तो आफ्नो माउतारालाई परिक्रमा गर्छन् । परिक्रमा कक्षको सबैभन्दा भित्र रहेको ग्रहले तारालाई तीन पटक परिक्रमा गर्दा लाग्ने समयमा त्यसपछि रहेको ग्रहले झन्डै दुई फेरा मार्छ। त्यो क्रम चौथो ग्रहसम्म जारी रहन्छ।

त्यसपछि बाँकी दुइटा ग्रहले आफ्नो कक्षमा परिक्रमा गर्ने सापेक्षित गति परिवर्तन भएर ४ः३ को औसत हुन पुग्छ । ग्रहहरूको यस्तो जटिल अनुक्रम यति स्पष्ट छ कि अनुसन्धानकर्ताहरूले प्रत्येक ग्रह र त्यसले कक्षमा परिक्रमा गर्ने अवधिसँग ‘ताल र लय’ मिल्ने गरी एउटा सङ्गीत नै पनि रचना गरेका छन् । उक्त अनुसन्धानको नेतृत्व यूनिभर्सिटी अफ शिकागोका डा रफाएल लुकेले गरेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
कतारले युक्रेनी संसद्को मानवअधिकार आयुक्त कार्यालयलाई ३० लाख अमेरिकी डलर सहयोग गर्ने

  कतारले रुससँगको युद्धबाट प्रभावित परिवार र बालबालिकाहरूलाई सहयोग गर्ने उद्देश्यले प्रभावकारी सेवाहरू

क्यानाडाद्वारा आपूर्ति शृङ्खला बढाउन लगानीको घोषणा

क्यानाडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले थप अर्धचालक (सेमिकन्डकटर) सिर्जना गर्न र आपूर्ति शृङ्खला बढाउन

नासाको अध्ययनले पृथ्वीका नदीहरूको नयाँ विश्वव्यापी लेखाजोखा प्रदान गर्ने

  नासाका अन्वेषकहरूको नेतृत्वमा गरिएको अध्ययनले पृथ्वीका नदीहरूबाट कति पानी बग्छ भन्ने नयाँ

विद्यमान चुनौतीहरू पार गर्न पाकिस्तानले आर्थिक सुधार गर्ने प्रधानमन्त्री सरिफको भनाई

  पाकिस्तानका प्रधानमन्त्री शाहबाज सरिफले आफ्नो सरकारले वित्तीय क्षेत्रमा जारी चुनौतीलाई सम्बोधन गर्न