विज्ञान र प्रविधिको विकासका लागि सरकार दृढ छ : प्रधानमन्त्री दाहाल



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विज्ञान र प्रविधिको विकासका लागि सरकार दृढ रहेको बताएका छन् । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नाष्ट) को ४१ औं वार्षिकोत्सव तथा पुरस्कार वितरण कार्यक्रमलाई बुधबार सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले सरकारका आफ्नै बाध्यता भएपनि ति बाध्यताका नाममा विज्ञान र प्रविधिको विकासमा पछि हट्ने छुट नरहेको बताएका हुन् ।

उनले भने, ‘म आफैं पनि विज्ञानको विद्यार्थी हुनुको नाताले विज्ञान प्रविधिको विकासमा हामीले फड्को मार्न नसकेका कारक तत्वहरु मैले राम्रोसँग महसुस गरेको छु ।’

विज्ञान तथा प्रविधिको विकासका लागि नेपाल सरकारले एक अर्बको कोष स्थापना गरि चालु आर्थिक वर्षको वार्षिक कार्यक्रममा समावेश गरेको स्मरण गराउँदै उनले प्रक्रियागत व्यवस्थापन भएपछि उक्त कोषबाट प्रतिभावान युवाहरुलाई स्वदेशमा रहेर अनुसन्धान गर्ने मौकामा थप अभिवृद्धि हुने विश्वास दिलाए ।

नाष्टको प्रविधि भवन र वायोमेडिकल रिसर्च ल्याब्रोटरीको भवन उद्घाटन गरेका प्रधानमन्त्री प्रचण्डले जनशक्ति, साधन, स्रोत र उपकरणको व्यवस्था मिलाउने कुरामा सरकारको तर्फबाट अधिकतम सहयोग हुने उनको भनाई थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
संविधानमा रहेका कमजोरीको समीक्षा र सुधार हुनुपर्छः पूर्वसभामुख ढुङ्गाना

काठमाडौँ । पूर्वसभामुख तथा संविधानविद् दमननाथ ढुङ्गानाले संविधानमा रहेका कमजोरीको समीक्षा र सुधार

सरकारको नीति तथा कार्यक्रम जेठ १ गते संसदमा प्रस्तुत हुने

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम आगामी जेठ १ गते

कोशीमा नवनियुक्त मुख्यमन्त्री र दुई मन्त्रीले लिए शपथ

विराटनगर । कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश प्रमुख परशुराम खापुङबाट शपथ

उपेन्द यादवले पार्टी कब्जा गरेर आफ्नो मुठ्ठीभित्र राख्ने प्रयास गरेकाले पार्टी विभाजनः अशोक राई

काठमाडौं । जनता समाजवादी पार्टीको अध्यक्ष अशोक राई पक्षले उपेन्द यादवले महाधिवेशन नै