चन्द्रमाको उत्पत्तिबारे अध्ययन गर्न चीनले चन्द्रमाको ढुंगा ल्याउने



चीनले सन् १९७० को दशकयता चन्द्रमाबाट ढुङ्गाका नमुना ल्याउन पहिलो पटक प्रयास गर्ने भएको छ । मङ्गलवार प्रक्षेपण गरिने मानवरहित चाङ’ए ५ यानले चन्द्रमाबाट केही नमुना ल्याउने अपेक्षा गरिएको छ । ती ढुङ्गा चन्द्रमाको उत्पत्ति र निर्माणको अध्ययनका लागि उपयोगी हुने विश्वास गरिएको छ ।

सन् १९७६ मा सोभियत सङ्घले पठाएको लुना २४ ले अन्तिम पटक पृथ्वीमा त्यस्तो नमुना ल्याएको थियो । यदि अहिलेको योजना सफल भयो भने पृथ्वीमा चन्द्रमाको ढुङ्गा ल्याउने अमेरिका र तत्कालीन सोभियत सङ्घपछि चीन तेस्रो देश हुनेछ ।

चाङ’ए यानको नाम प्राचीन चिनियाँ चन्द्रदेवीको सम्मानमा राखिएको हो । त्यसलाई लङ मार्च ५ नामक रकेटबाट प्रक्षेपण गरिनेछ । उक्त यानले चन्द्रमाको ’ओशन अफ स्टोर्म्स’ भनिने अहिलेसम्म नपुगिएको स्थानबाट दुई किलोग्राम नमुना सङ्कलन गर्ने प्रयास गर्नेछ ।

सन् १९७६ को अभियानमा १७० ग्राम नमुना ल्याइएको थियो भने मानवसहितको एपोलो मिशनले ३८२ किलोग्राम ढुङ्गा र माटो ल्याएको थियो ।

सूर्यको विकिरणबाट जोगाउन आवश्यक चुम्बकीय क्षेत्र क्षीण हुँदा पनि चन्द्रमा कसरी ज्वालामुखीय रूपमा सक्रिय भयो भनेर बुझ्न चाङ’ए ५ ले सघाउने अपेक्षा विज्ञहरूको छ । चीन सन् २०१३ मा पहिलो पटक चन्द्रमामा पुगेको थियो । उसले एक दशकभित्र मङ्गल ग्रहबाट पनि नमुना सङ्कलन गर्ने योजना बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सुडानमा विद्रोही अर्धसैनिक समूहको आक्रमणमा ३२ जनाको मृत्यु

सुडान । सुडानको उत्तर दारफुर राज्यमा रहेको जमजम नामक विस्थापितहरूको शिविरमा अर्धसैनिक समूह

चीनको नयाँ उपलब्धि: विश्वकै पहिलो मेडिकल उद्धार ड्रोन तयार

बेइजिङ । चीनले आपतकालीन अवस्थाहरूमा उद्धार कार्यलाई थप प्रभावकारी बनाउन विश्वकै पहिलो अत्याधुनिक

पाकिस्तानबाट पाँच हजारभन्दा बढी अफगान नागरिक स्वदेश फिर्ता

इस्लामावाद । पाकिस्तानबाट तोरखाम सीमा हुँदै पाँच हजार २३६ जना अफगान नागरिक स्वदेश

चीनद्वारा अत्याधुनिक ‘सञ्चार उपग्रह’ सफलतापूर्वक प्रक्षेपण

सिचाङ । चीनले नवीनतम प्रविधियुक्त ‘सञ्चार उपग्रह’ सफलतापूर्वक अन्तरिक्षमा प्रक्षेपण गरेको छ ।