यूएईले केही हप्तामै मङ्गल ग्रहमा यान पठाउने



अरब क्षेत्रको पहिलो अन्तरिक्ष लक्ष्यको रूपमा रहेको यूएईको मङ्गल ग्रहमा जाने यान केही हप्तामै प्रक्षेपण हुने बताइएको छ । अर्को हप्ता त्यसका लागि यानमा इन्धन भर्ने काम सुरु हुने बताइएको छ ।

करिब ४९ करोड ३० लाख किलोमिटर टाढा रहेको मङ्गलको कक्षमा पुग्न सो यानलाई सात महिना लाग्नेछ । उक्त अन्तरिक्ष यानले त्यहाँको मौसम र वायुमण्डलबारे नयाँ तथ्य पठाउने योजना रहेको छ । उक्त यानले यथेष्ट तथ्याङ्क सङ्कलन गर्न मङ्गलको एक वर्ष अर्थात् ६८७ दिन नै मङ्गल ग्रहलाई परिक्रमा गर्नेछ । मङ्गल ग्रहलाई एकपटक घुम्न उक्त यानलाई ५५ घण्टा लाग्नेछ ।

उक्त आयोजनाकी निर्देशक सारा अल अमिरिले यो अन्तरिक्ष आयोजना अरबका युवा वैज्ञानिकहरूका लागि अन्तरिक्ष इन्जिनियरिङमा लाग्न एउटा ठूलो प्रोत्साहन हुने बताएकी छन् । यानको नाम अमल राखिएको छ जसको अर्थ आशा हुन्छ । यो रोबोटजडित यान जापानको एउटा टापु तानेगाशिमाबाट जुलाई १४ का दिन अन्तरिक्षतर्फ लाग्नेछ ।

उक्त यानमा मङ्गलको वायुमण्डलको जटिल बनोट नापजाँच गर्नका लागि तीन प्रकारका उपकरण जडान गरिएका छन्। त्यसमा हाइ रिजोलुशन मल्टिब्यान्ड क्यामेरा पनि छ जसले यो ग्रहको धुलो र ओजोन तह नाप्नेछ । दोस्रो इन्फ्रारेड स्पेक्ट्रोमीटर हो जसले वायुमण्डलको माथिल्लो र तल्लो तह नाप्नेछ।

यो उपकरण अमेरिकाको एरिजोना स्टेट विश्वविद्यालयले विकास गरेको हो । यो आयोजनामा तीनवटा अमेरिकी विश्वविद्यालहरू सहभागी छन् । तेस्रो सेन्सर अल्ट्राभायोलेट स्पेक्ट्रोमीटर हुनेछ जसले अक्सीजन र हाइड्रोजन तह नाप्नेछ । अल अमिरिले अनुसन्धानको एउटा लक्ष्य पानी बन्नका लागि अत्यावश्यक हाइड्रोजन र अक्सीजन तत्व कसरी यो ग्रहबाट उडिरहेका छन् भन्ने पत्ता लगाउने रहेको बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
साउदी विदेश मन्त्रीको सिरिया भ्रमणमा, आर्थिक सहकार्यबारे उच्चस्तरीय छलफल हुने

दमास्कस । साउदी अरेबियाका विदेश मन्त्री राजकुमार फैसल बिन फरहान शनिबार सिरियाको राजधानी

इरानले उच्चस्तरीय युरेनियम प्रशोधनमा तीव्रता ल्याएको आईएईएको दाबी

भियना । अन्तर्राष्ट्रिय आणविक ऊर्जा संस्था (आईएईए) द्वारा तयार पारिएको गोप्य प्रतिवेदन अनुसार

गाजामा करिब ११ हजार क्यान्सर रोगीलाई उपचारको अभाव

गाजा । गाजा क्षेत्रमा हाल जारी इजरायली सैन्य कारबाहीको बीचमा करिब ११ हजार

गाजाको मानवीय अवस्था युद्ध सुरु भएदेखि अहिलेसम्मकै गम्भीर : राष्ट्रसङ्घ

संयुक्त राष्ट्रसङ्घ । संयुक्त राष्ट्रसङ्घ अन्तर्गतको मानवीय सहायता समन्वय कार्यालयले शुक्रबार गाजाको अवस्थालाई